श्रीकृष्ण जन्माअष्टमी महामहोत्सवमा सहभागी भक्तजनलाई निःशुल्क पानी र मोही बितरण

0
73

बिर्तामोड, श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर बिर्तामोडमा आयोजित श्री कृष्ण जन्माष्टमी महामहोत्सवमा इलाम झापा मैत्री समाज र लायन्स क्लव अफ बिर्तामोड लेडीले निःशुल्क रुपमा पानी तथा मोहीको व्यवस्थापन गरेका छन् । 
लायन्स लेडीले पानी र इलाम झापा मैत्री समाजले मोही निःशुल्क रुपमा बितरण गरिरहेका छन् । उनीहरुले छुट्टा छुट्टै स्टल राखेर सहभागी भक्तजनलाई सेवा पु¥याउँदै आएको इलाम झापा मैत्री समाज झापाकी अध्यक्ष तीलोतमा खत्रीले जानकारी दिइन् ।
मोही बितरण कार्यक्रममा इलाम झापा मैत्री समाजका उपाध्यक्ष नरेश कर्मचार्य, कोषाध्यक्ष सीता मगर, सदस्य रेस वहादुर वस्नेत, कविता पौडेल, बिर्तामोड अध्यक्ष अञ्जु लामिछाने, अर्जुनधारा नगर अध्यक्ष पर्शुराम खरेल, आजीवन सदस्य जीवन तामाङ लगायतले प्रत्यक्ष रुपमा भक्तजनहरुलाई सेवा पु¥याइरहेका छन् ।
मैत्री समाजले यस अघि पनि साउन महिनाको अवसर पारेर झापाको अर्जुनधारा जलेश्वर धाममा हरेक सोमवार निःशुल्क रुपमा मोही, सातु, सर्वत र पानी बितरण गरेको थियो । साउनका हरेक सोमवार करिव एक हजार लिटर मोही बितरण गरेको अध्यक्ष खत्रीले बताइन् ।
यसैगरी लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष आरती नेवार श्रेष्ठ र सचिव सीता देवी खरेल लगायतले सहभागी भक्तजनलाई पिउने पानी बितरण गरिरहेका छन् ।
पानी र मोही दुई वटै संस्थाले वेलुकासम्म निःशुल्क रुपमा बितरण गर्ने बताइएको छ ।
पानी बितरणका लागि उच्च अदालतका पूर्व न्यायाधिश, सत्य निररुपण तथा मेलमिलाप आयोग, नेपालका सदस्य अच्युत प्रसाद भण्डारीले आफ्नी स्व.माता पिताको सम्झनामा निःशुल्क रुपमा प्रदान गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here