स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण

0
210

सुन्दरहरैचा(मोरङ),

रोटरी क्लव अफ इटहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ नेवार टोलमा रहेको गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई रेफ्रिजेरेटर १ ,वेट मेसिन २ र १ थान स्ट्यान्ड फ्यान हस्तान्तरण गरेको छ।

रोटरी क्लव अफ इटहरी सस्थाको तर्फबाट आजीवन सदस्य राजेश श्रेष्ठ,सचिव महेन्द्र रेग्मी लगायतको उपस्थितिमा गणेश लिला आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख शान्त लिम्बुलाई उक्त सामग्री हस्तान्तरण गरिएको समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए।

उक्त स्वास्थ्य सेवा केन्द्र यसअघि अर्कै ठाउँमा रहेको भए पनि समाजसेवी श्रेष्ठकै पहलमा नयाँ भवन बनाई २०७८ साल देखि नयाँ भवनबाट सेवा दिंदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here