हरेक दुखमा परेका नगरिकका लागि सहयोग गर्न संस्था जन्मिएको हो – अध्यक्ष चम्लागाई

0
91

योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ),

स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज स्थापना भन्ने मुल नाराका साथ स्थापना भएको स्वतन्त्र नागरिक समाजले गरिव तथा समाजमा पिछडिएका वर्गहरुलाई सहयोग गर्ने जनाएको छ।

स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाईले अब हाम्रो संस्था हरेकको घर आँगनमा आउने र आम नगरिकहरुले भोक्दै आएको समस्यालाई उजागर गर्दै भ्रष्टचार, बेथिति बिरुद्ध आवज उठाउने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ३ को लक्ष्मी नारायण मन्दिरको सभाहलमा लक्ष्मी नारायण महिला समूहले आयोजना गरेको नेपाली महिलाहरुको तीज बिशेष कार्यक्रममा बोल्दै अध्यक्ष चम्लागाईले स्वतन्त्र नागरिक भनेको दुखमा परेका र आवज बिहिन भएकाहरुको लागि संस्था जन्मिएको बताए।

उनले दुखि पिडित,आवज बिहिन, गरिव तथा जातिय विभेद उन्मुलन गर्ने, पिडीतलाई उद्धार गरी सहयोग र उनीहरुका समस्या समाधान गर्ने संस्थाको उद्देश्य रहेकोे बताए । ‘सबै मानिस स्वतन्त्र भएर बाँच्न पाउने अधिकार छ, नागरिकको हक अधिकार सुनिश्चित गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष चम्लागाईले भने। जनताका जीवनशैलीसँग परिचित हुने, आपसी सहयोगको वातावरण तयार पार्ने, जनतालाई एकताबद्ध बनाउने, सामाजिक न्यायका लागि पैरवी गर्ने र राष्ट्रमा सुशासन कायम गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्न स्वतन्त्र संस्थाहरूको महìवपूर्ण भूमिका रहने उनले बताए।

जनताका लागि ल्याइएका जुनसुकै कार्यव्रममा जनताको सक्रिय सहभागिता गराउने वैध र व्यावहारिक संयन्त्र खडा गर्न सकेमा मात्र जनविश्वास प्राप्त हुने उनको भनाइ छ। संस्थाले समाजमा फैलिएका बेथिति, अनियमिता र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने बताए । साथै, सरसफाइ, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवाका क्षेत्रमा पनि क्रियाशील बनाईने बताईएको छ ।

सुन्दरहरैंचाको वडा नम्बर ३ मा केन्द्र कार्यालय रहेको संस्थाले पहिले सुन्दाहरैंचाको १२ वटै वडामा वडा कमिटि गठन गर्दै मोरङको सबै स्थानीय तहमा संगठन विस्तार गर्नेछ। उनले यो संस्था कुनै राजनीतिक गर्ने थलो नभएर बिशुद्ध सामाजिक कार्य गर्न स्थापना भएकाले सबैबाट साथ सहयोग अपेक्षा गरिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here