सवारी दुर्घटनामा कमल गाउँपालिकाकी मुना गौतमको मृत्यु

0
837

कमल ।

सवारी दुर्घटनामा परी आज विहान एक महिलाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत आज बिहान ८ बजे दमक ७ पशुहाटडाँडा स्थित पुर्व पश्चिम लोकमार्गमा भएको दुर्घटनामा परि झापाको कमल गाउँपालिका ५ सितापुरी निवासी मुना गौतमको घटना स्थलमै मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

दमकबाट पाडाजुँगी तर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ९३१२ नम्बरको मोटर साईकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटर साईकलमा सवार अन्दाजी बर्ष ४२ की मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालक मृतकका श्रीमान बर्ष अन्दाजी ४३ का सुकदेव गौतमको बाँया खुट्टामा सामान्य चोट लागेकोले दमक अस्पतालमा उपचार भईरहेको छ ।

ट्रक चालक तेह्रथुम लालिगुँरास नगरपालिका ४ बस्ने बर्ष २५ को आङदावा शेर्पा , ट्रक र मोटर साईकल इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here