इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

0
118
काठमाडौँ, 
मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत पक्राउ परेका छन् ।
एनसिबी अवुधाबीसँगको समन्वयमा संयुक्त अरब इमिरेट्स (युएई)मा पक्राउ परेका उनलाई  सोमबार नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
यसैबीच, प्रतिबन्धित लागूऔषधसहित देशका विभिन्न स्थानबाट नौ जना पक्राउ परेका छन् ।
उनीहरू काठमाडौँको तारकेश्वर,डडेलधुराको अमरगढी बर्दियाको बढैयाताल गाउँपालिका, सोही पालिकाको साघुनघारी र गुलरिया नगरपालिका–६ शान्तिटोलबाट पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here