उदयपुर ।

उदयपुरको बेलका नगरपालिका–२ बाट प्रहरीले बेबारीसे अवस्थामा लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा २१ च१८११ नम्बरको कारबाट दुई बोरा र खोला किनारबाट सात वटा बोरामा प्याक गरी राखेको दुई सय ४० किलोग्राम लागूऔषध गाँजा सहित कारलाई नियन्त्रणमा लिएको हो ।
उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तिहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भई रहेको छ ।
त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप–महानगरपालिका–१७ स्थिबाट सोही स्थानका २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल(१ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।































