
तीज-हाम्रो हिन्दु समाजमा महिलाहरूले मनाउने एक अनुपम पर्व। यो केवल धार्मिक व्रत होइन, भावनात्मक स्मृति, सामाजिक सम्बन्ध, र आत्मअभिव्यक्तिको अवसर हो। पौराणिक कालदेखि चलिआएको यो पर्व आजको आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिक छ। पुराना दिनको तीज: पीडा भुलाउने बहाना हाम्रा आमा , हजुरआमाहरूको जीवनमा तीज येस्तो एउटा पर्व थियो जस्ले वर्षको त्यो एक-दुई दिन कामबाट छुट्कारा र फुर्सद दिन्थियाे , जुन दिन उहाँहरूले माइतीघरको सम्झना, थकाइ, र पराइघरको पीडा भुल्नु हुन्थियाे । जातो, ढिकी, कोदालो, भान्साको कामले थकित शरीरलाई तीजले सान्त्वना दिन्थ्यो। माइती जान पाउँदा उहाँहरूको अनुहारमा झल्किने खुशी आज पनि सम्झनामा ताजा छ।
हिन्दु नारीहरूले यो व्रत श्रीमानको दीर्घायु र सुखद जीवनको कामनाका साथ श्रद्धापूर्वक लिन्छन्। तर व्रत मात्र होइन, तीज आत्मबल, धैर्य र प्रेमको प्रतीक पनि हो।
व्रतको आध्यात्मिक पक्ष तीजको व्रत पार्वती माताले भगवान शिवको दीर्घायु र स्वास्थ्यको कामनाका साथ सुरु गर्नुभएको हो। आज पनि हिन्दु नारीहरूले यो व्रत श्रीमानको दीर्घायु र सुखद जीवनको कामनाका साथ श्रद्धापूर्वक लिन्छन्। तर व्रत मात्र होइन, तीज आत्मबल, धैर्य र प्रेमको प्रतीक पनि हो। आजको तीज: परिवर्तनको संकेत समाज परिवर्तन हुँदैछ। आजका छोरीचेलीहरू माइती जान स्वतन्त्र छन्,हामी लाई मन लाग्दा माइतीघर जान पाउछौ । आफ्ना बाआमाको हेरचाह गर्न सक्ने हैसियतमा बनाउदै छाै । छोरीले कमाएको सबैलाई मन पर्छ, तर रमाएको मन पर्दैन भन्ने सोच अझै कतै बाँकी छ। तर आजकी महिला हामी आफैं कमाउँछौ आफैं निर्णय गर्छौ , र आफैं रमाउँछौ ।
रमाइलोमा पनि जिम्मेवारी तीजमा हामी महिलाहरू साथीभाइसँग भेला भएर नाचगान गर्ने , मिठा परिकार खाने , आज भोलि त घर भन्दा नि होटलमा भेटघाट गर्ने गर्छौ। यो विकृति होइन स्वतन्त्रता हो। रमाइलो गर्दा पनि मन घरमै हुन्छ छोराछोरी के गर्दै छन्, घर फर्केर कति काम गर्नु छ यी सबै कुरा मनमा खेलिरहन्छन्। घरभित्रको असमानता हामी महिलाहरू वर्षभरि घर , छोराछोरी सम्हाल्छौं, घरको काम, जागीर र भान्सामा बितेको दिनरात थाहाँ हुन्न ।हाम्रा श्रीमान् रातको ११ बजे घर आउँदा पनि खाना तताएर दिन्छौं। तर के श्रीमानहरूले पनि हामीलाई त्यस्तै गर्छन्? जब हामी ढिलो घर फर्किन्छौं, ढोका खुल्ला कि नखुल्ला भन्ने पिर हुन्छ। यस्ता असमानताहरू अझै छन्, जसलाई परिवर्तन गर्न आवश्यक छ।
तीज: सशक्तिकरणको उत्सव आज तीजमा हामी महिलाहरूले कृत्रिम गहना, सामान्य साडी लगाएर पनि आत्मविश्वासका साथ रमाइरहेका छौ। हामीहरू आफैं कमाउँछौ, आफैं खर्च गर्छौ, आफैं निर्णय गर्छौ ,सशक्तिकरण हो, जसले तीजलाई अझ अर्थपूर्ण बनाएको छ।
तीज अब केवल परम्परा होइन, परिवर्तनको प्रतीक हो। हामी महिलाहरूले रमाइलो गर्न, आत्मसम्मान राख्न, र समाजलाई नयाँ दृष्टिकोण दिन पाउने अधिकार छ।
तीज अब केवल परम्परा होइन, परिवर्तनको प्रतीक हो। हामी महिलाहरूले रमाइलो गर्न, आत्मसम्मान राख्न, र समाजलाई नयाँ दृष्टिकोण दिन पाउने अधिकार छ। तीजको उत्सवमा हामी केवल नाचगान होइन, आत्मबल, प्रेम, र परिवर्तनको गीत गाइरहेका छौं।





























