ढडुवा युवा क्लबद्वारा ‘द भ्वाइस अफ किड्स’ सेमिफाइनलिस्ट निर्देशिका आछामीलाई तीज विशेष सम्मान

0
149

झापा,  हल्दिबारीमा रहेको सक्रिय युवाहरुको समूह ढडुवा युवा क्लब परिवारले तीज विशेष कार्यक्रमको अवसरमा द भ्वाइस अफ किड्स सिजन–४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेकी गायिका निर्देशिका आछामीलाई नगद, दोसल्ला र कदरपत्रद्वारा सम्मान गरेको छ।

हरितालिका तीजको अवसरमा आयोजित बृहत सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी गाउँपालिका–३ का वडा अध्यक्ष विष्णु प्रसाद ओली रहेका थिए। कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, विष्णुमाया तिम्सिना ढुङ्गेल, जलथल प्रहरी चौकीका प्रमुख, महिला दिदीबहिनी, विद्यार्थी लगायत सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। वडा सदस्य विष्णुमाया तिम्सिनाले महिला दिदीबहिनीलाई लक्षित गरी हरेक वर्ष आयोजना हुने यस कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो।

प्रमुख अतिथि ओलीले ढडुवा युवा क्लबले समाज रूपान्तरण र परिवर्तनमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै सबैलाई तीजको शुभकामना समेत दिए। कार्यक्रममा २०० भन्दा बढी महिला दिदीबहिनीले गीत गाएर, नाचेर र रमाइलो गर्दै तीजको उल्लास मनाए। गायिका निर्देशिका आछामीले समेत आफ्नो गीत प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध बनाइन्। यसै क्रममा महिला लक्षित म्युजिकल चेयर प्रतियोगिता सम्पन्न गरिएको थियो, जसमा प्रथम सिता बिष्ट, द्वितीय होमा बराल, र तृतीय शान्ता खत्रीले स्थान प्राप्त गर्दै नगद पुरस्कार जिते। कार्यक्रम क्लबका अध्यक्ष कुल बहादुर न्यौपानेको अध्यक्षता र सचिव अभिषेक खतिवडाको सञ्चालनमा सम्पन्न भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here