द भ्वाइस अफ किड्सका फाइनलिष्ट स्मायन बजगाईंलाई न्यूटनस् एजुकेशन एकेडेमीमा विशेष सम्मान

0
287

बिर्तामोड, राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शो द भ्वाइस अफ किड्सको फाइनलिष्ट भएका स्मायन बजगाईलाई न्यूटनस् एजुकेशन एकेडेमी सम्मान गरेको छ ।
बाल्यकालमै गायनका क्षेत्रमा अद्वितीय क्षमता प्रस्तुत गर्दै राष्ट्रिय स्तरको चर्चित गायन रियालिटी सो मा फाइनलिस्ट भएका बजगाईलाई विद्यालयले सम्मान गरेको हो ।
स्मायन न्यूटनस् एजुकेशन एकेडेमीका कक्षा ८ का विद्यार्थी हुन् । उनलाई विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।    
विद्यालयले आयोजना गरेको कार्यक्रममा शिक्षक, विद्यार्थीसहित अभिभावकको समेत उपस्थितिमा उनलाई सम्मान प्रदान गरिएको थियो । सम्मान कार्यक्रममाा राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी शोमा आफ्नो अद्वितीय सांगीतिक क्षमता प्रस्तुत गरी विद्यालय र जिल्लाको गौरव बढाएको भन्दै दोसल्ला र प्रमाणपत्रद्वारा स्मायनलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवेन्द्र हुँमागाईले बताउनुभयो ।
सो अवसरमा विद्यालयका इंचार्ज Noel परेरा ले “स्मायन बजगाईं हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण समुदायको उज्जवल नक्षत्र भएको प्रतिक्रिया दिनुभयो । निरन्तर अभ्यास, आत्मविश्वास र मेहनतकै कारण उनले यो उपलब्धि हासिल गर्न सफल भएको भन्दै उनको सफलता अरु विद्यार्थीका लागि प्रेरणाको स्रोत हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, शिक्षकहरूले स्मायनले छोटो उमेरमै देखाएको लगनशीलता र अनुशासनले उनलाई अझै ठूला उपलब्धि हासिल गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
सम्मान ग्रहण गर्दै स्मायन बजगाईंले आफ्ना गुरुजन, विद्यालय, परिवार र साथीहरूलाई धन्यवाद दिँदै अझै कडा परिश्रम गर्ने र भविष्यमा देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
यस किसिमको सम्मानले विद्यार्थीहरूमा आत्मविश्वास थप्ने मात्र नभई अरु प्रतिभावान बालबालिकालाई पनि आफ्नो क्षमताको पहिचान गर्न प्रेरित गर्ने विद्यालयकी शिक्षक पवित्रा पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here