कमल ।

झापाको कमल गाउँपालिका ३ स्थित ज्येष्ठ नागरिक संघ वडा समितिले एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै जलपान गराएको छ ।
मुक्तेश्वर शिवालय मन्दिरको सभाहलमा आयोजित ज्येष्ठ नागरिक संघले बुबाको मुख हेर्ने दिनको अवसर पारेर वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुको साथै जलपान गराएको हो ।
कार्यक्रममा वडामा स्थाई रुपमा बसोवास गर्ने जेष्ठ नागरिक हरु मध्ये ज्येष्ठताको आधारमा ९ जान जेष्ठलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेहरुमा हरमाया पौडेल (१०१ वर्ष) इन्द्र छायाँ पोखरेल (१०१ वर्ष) , ओमनाथ भट्टराई (९७ वर्ष) , देबीभक्त बजगाई (९३ वर्ष) , गङ्गाराम धिताल (९३ वर्ष), केरे खड्क कुमारी दाहाल (८९ वर्ष), मोतीमाया लिम्बु (८९ वर्ष) ,सीतादेबी भठ्ठराई (८४ वर्ष) र नर बहादुर कामी (८२ वर्ष)लाई खादा ,ठाका टोपी र सम्मान पत्र द्घारा सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिक र पछिल्लो पुस्ता बीचको सम्बन्ध रहे मात्र हाम्रो काला, संस्कार, संस्कृती जिवित रहन्छ । होईन भने वहाँहरु सगै लोप भएर जान्छ त्यसैले यस्ता कार्यक्रम संगसंगै पछिल्लो पुस्ता र ज्येष्ठ नागरिक लाई एकै ठाउमा राखेर अन्तर सम्बाद गर्न आवश्यक रहेको कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।
ज्येष्ठ नागरिक संघ वडा समितिका अध्यक्ष पुष्पप्रसाद बास्तोलको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सहसचिव लैनबहादुर पौडेलले गर्नु भएको थियो ।































