झापा ।

झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडक खण्डमा क्याम्पाबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले पैदल यात्री सोही ठाउँ बस्ने ८८ वर्षीय टिकाराम श्रेष्ठलाई ठक्कर दिएको थियो ।
टाउको र दाहिने खुट्टामा चोट लागेका घाइते श्रेष्ठलाई स्थानीय मेडिकल केर्खामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । बीएण्डसीमा उपचारका क्रममा शुक्रबार राति ११ बजे श्रेष्ठको मृत्यु भएको हो ।
मृतकको शव सोही अस्पतालमा नै रहेको छ । घटनास्थलमा प्रहरी चौकी केर्खाबाट टोली खटिएर मोटरसाइकल र चालक कमल ५ बस्ने ५१ वर्षीय मानकुमार सुबेदीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।































