
बंगालको खाडीबाट बादलले पानी बोकेर नेपालजाने भनेर हिँडे । काँकरभिट्टामा आईपुगेर बजारमा हेरेछन् । मानिसहरु व्यापारीहरु अर्कालाई ढाँटेका छन् । कोही कसैसँग राम्रो शब्द उच्चारण गरेर बोलेका छैनन् । च्याठ्ठिएको भाषामा बोल्छन् । नरम–मिठो बोली कसैको छैन । बजार सबै फोहोर छ । यसो पश्चिमतिर जाऊ कि भनेर हेरेको त झन् बर्बाद देखेछ । यसो वरपिपलका रुख छैनन् ।
चौतारीहरु केही छैनन् । बेलवृक्षमा दाना फलेको छैन । जताततै मानिसका घरहरु मात्र देखिन्छन् । बाटाघाटाहरु जताततै फोहोर छन् । मान्छेहरुको आवत–जावतको भिड छ । मसक्क मस्केर हिँडेका छन् । मिठो बोलीमा गफ गरेका छैनन् । यसो विचार गरेर यहाँदेखि उता नजानु प¥यो भनेर पानी त्यहाँको वस्तुस्थिति हेरेर फनक्क बंगला देशमै गएछ ।
पाँच–छ दिन पछाडि फेरि जानु प¥यो भनेर पानी लिएरै बादल धुलाबारीसम्म आएछ । त्यहाँ पनि त्यस्तै दुर्दशा । त्यहिँबाट यसो बुधबारेतिर हेरेको त बाफरेवाफ भएर आत्तिएछ । देवताका मन्दिरैमन्दिर छन् । सबैतिर ठूला–ठूला हल छन् । यज्ञकुण्डहरु छन्, विवाह व्रतवन्ध भइरहेका छ । व्यासासन छन् , पुराणहरु भैराखेका छन् स्रंोताहरुको भिड छ । बडी मात्रामा महिलाहरु देखिन्छन् । पुराण भैराखेको तर नेपाली टोपी चटक्क लगाएका पण्डितहरु छैनन् ।
भ्mयाम्लाङ–भ्mयाम्लाङ कपाल पालेका गुरुजीहरु पुराण भन्नमा तल्लीन छन् । श्रीमद्भागवतको किताब अगाडि राखेको छ । बडो रमाइलो गरी सजाएको छ मण्डप । कथा वाचन भइराखेको छ । तर, अगाडि भएका पुस्तकको श्लोकका पंक्तिहरु एउटा उच्चारण गरेको सुनिँदैन । नीति श्लोक संंग्रह, विदुरनीति, हितोपदेश, भतृहरि नीति, चाणक्य नीति, समायोचित पद्यमालिकावाट लिएका श्लोकहरुबाट प्रवचन हँुदैछ । गुरुजी घरि–घरि आफ्नो कपाल पन्छाउँदै अम्लो ठड्याएर कसरी स्रोताहरु आकर्षित हुन्छन्, बडी पैसा झर्छ भन्नेमा तल्लिन छन् ।
लौ अब पैसा दिनेहरुलाई अभिनन्दन गर्ने बेला भयो । माइकबाट रकम तोकिन थाल्यो । यति दिनेलाई रुद्राक्षको माला, यति दिनेलाई खादा, यति दिनेलाई पूmलको माला र प्रमाणपत्र, यति दिनेलाई बर्को ओडाउने, यति दिनेलाई शिलालेख गरेर मन्दिरमा राख्ने निर्णय भयो । कठैबरा स्रोतहरु घरमा नुनतेल गर्न कति कठिन छ, तर पनि माइकबाट मेरो नाम उच्चारण हुन्छ भनेर पनि होला आफ्नो–आफ्नो आर्थिक अवस्था अनुसार रकम संकलन गर्छन् ।
अब व्यासासनबाट प्रवचन शुरु भयो । केही १५÷२० मिनेट भएको थियो होला । लौ भजन गर्न भनेर लोकगीत, भ्mयाउरे लयमा बाजा बजन थाले । दुई–तीन जना राम्रो नाच्छन्, धेरै जिउ मात्र हल्लाउँछन् । उता व्यास गुरु कपाल सुमसुमाउँदै भन्दै हुनुहुन्छ जो उठेर नाच्छ, ऊ धेरै बाँच्छ । कठैबरा ! बूढी आमै कुप्रिएकी छन् बल्ल–बल्ल उठेर मरक–मरक जिउ हल्लाउन थालिन् लौरो टेकेर धेरै बाँच्ने आसले होला ।
उता पानी बोकेको बादलको सातोपुत्लो गएछ । लौ है बुधबारेमा त पुराणहरु बिक्रीमा गएछन् । सबै बेपारमा चल्न थालेछन् । अब म यता आउँदिन भनेर थर–थर काम्दै यहाँको गतिबिधि देखेर पानीलाई सँगै लिएर फनक्क फर्केर उही बंगालको खाडीमा गएर ढुक्क भएर बसेछ । अब कसले फकाएर ल्याउन सक्ला ? बुधबारेमा खै आस मरे जस्तो छ ।
बुद्धशान्ति–१, ताराबारी, झापा



























