खुशीले नि बाँच्न दिइनौ

0
95

के गरौँ म भनिदेऊ तिमी, अझै अरु के गरौँ म
खुशीले नि बाँच्न दिइनौ, पासो ला’र यही मरौँ म ?

तिम्रा लागि घरबार त्यागे, बाबा–आमा छोडिदिएँ
साथी–भाइ थिए तिनीसँग साथीत्व नै तोडिदिएँ
पीडा भुल्न गाह्रो भयो अब बसाई कहाँ सरौँ म
खुशीले नि बाँच्न दिइनौ, पासो ला’र यही मरौँ म ?

बाचा–कसम खायौ, पछि फेरि किन धोका दियौ
मेरो चोखो माया जलाई किन मेरो हुर्मत लियौ
चिच्याएर कहिलेसम्म आफ्नै मुहार कोतारौ म
खुशीले नि बाँच्न दिइनौ, पासो ला’र यही मरौँ म ?

किन हुन्छ धोका यहाँ चोखो माया लगाउँदा पनि
कसको मनमा बस्नुहोला धोकेबाज होइन भनि
देखिएका सारा दोष, को माथि चाहिँ थोपरौ म
खुशीले नि बाँच्न दिइनौ, पासो ला’र यही मरौँ म ?

बेलबारी–२, नवदेव मार्ग, लालभित्ती, मोरङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here