कोशी राजमार्गको हुङ्गुङ खण्डमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन पूर्णरूपमा ठप्प

0
94

सङ्खुवासभा,

कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।

खाँदबारीदेखि किमाथाङ्का नाकासम्म जोड्ने झन्डै १ सय १५ किलोमिटर दूरी रहेको सडक खण्ड अस्ति बिहीवार गएको पहिराेका कारण ठप्प बनेको हो । उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार झन्डै ३ सय मिटर सडक क्षेत्रमा भीरैसहित ढुङ्गा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ ।

गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यस पटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुङ्गो छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here