शिक्षक संगठन ज्येष्ठ र वालवालिका संग

0
121

विमल दहाल, इलाम ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति इलाम महिला बिभागले तिज विशेष कार्यक्रम अन्तर्गत बालबालिका तथा ज्येष्ठ नागरिकहरु संग मिष्ठान्न भोजन तथा मनोरञ्जन कार्यक्रम सप्पन्न गरेको छ ।

संगठनले शनिवार महिलाहरुको विशेष चाड तिज र कुशे औँशी (बुवाको मुख हेर्ने दिन) को अवसर पारेर राहसल बाल गृहका १४ जना बालबालिका सहित माइभगवती बृद्दा आश्रमका ९ जना वृद्धवृद्दासंग उक्त कार्यक्रम सप्पन्न गरिएको हो।

कार्यक्रममा नेराशी संगठन कोशी प्रदेश सचीव गंगा तिम्सिना ,जिल्ला अध्यक्ष लोक बहादुर थाम्सुहाङ,पेशागत महासंघ इलामका अध्यक्ष जस बहादुर राई, नेपाल निजामती कर्मचारी संगठन इलामका अध्यक्ष पारसमणि न्यौपाने ,बुद्धिजिवि परिषद इलामका अध्यक्ष याम बहादुर लिम्बू लगायत शिक्षक संगठन इलाम पदाधिकारी, जिल्ला सदस्य एंवम इलाम नगर अध्यक्ष पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको संगठनका अग्नि प्रसाद दहालले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here