सवारी नियम विपरीत जथाभावी सवारी साधन चलाउनेलाई कडा कारबाही

0
151

पथरी शनिश्चरे।

ट्राफिक प्रहरी कार्यालय पथरीले जथाभावी सवारी चलाउने र सवारी नियम पालना नगर्नेलाई पथरी शनिश्चरे नगरपालिकाका विभिन्न प्रमुख चोक र सडकखण्डहरूमा सडक सुरक्षा र चेक जाँचलाई कडा तुल्याएको छ।

हेल्मेट नलगाई सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरूले कुदाएको सवारी साधनबाट विभिन्न घटनाहरू बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी चेक जाँचलाई तीव्रता दिएको हो।

पछिल्लो समय सवारी दुर्घटना सम्बन्धी जनगुनासा बढ्दै गएपछि ट्राफिक प्रहरी चौकी पथरी र इलाका प्रहरी कार्यालय पथरीले ट्राफिक नियम विपरीत तीव्र गतिमा जथाभावी सवारी साधन सञ्चालन गर्नेहरुलाई सचेतनासहित सडक सुरक्षा र चेकजाँच कार्यलाई निरन्तरता दिएको ट्राफिक प्रहरी चौकी पथरीका प्रमुख असई प्रवीण खड्काले जनाउनु भएको छ।

पछिल्लो समयमा नगरका विभिन्न भित्री सडक तथा बाटोहरूमा लागू औषध तथा मादक पदार्थ सेवन गरी सवारी साधन तीव्र गतिमा अनियन्त्रित रूपमा सवारी चलाउनेहरूलाई सडक सुरक्षा र सवारी जाँच पासलाई कडाईका साथ लागु गरिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here