साहरा बिहिनको सारथी बन्दै स्वतन्त्र नागरिक समाज मोरङ

0
51

सुन्दरहरैंचा(मोरङ),

स्वतन्त्र नागरिक समाज मोरङको चहाना, भ्रष्टचार, बेथिति र विसङती मुक्त समाज भन्ने मुल नाराका साथ जन्मिएको स्वतन्त्र नागरिक समाजले गरिव तथा समाजमा पिछडिएका वर्गहरुलाई सहयोग प्रतिबद्धता जनाए अनुरुप हरेक दुखमा परेका नागरिकहरुको घर-घरमा पुगेर उनीहरुको अवस्था बुझ्ने कार्यको थालनी गरेको छ।

शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ स्थित डिपु टोलमा रहेको मुसहर वस्तीमा पुगेर विभिन्न रोग लगेर हिड़डुल गर्न नसक्ने ४ जनालाई आवश्यक पर्ने व्हीलचेयरको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चम्लागाई,समाजसेवी मान बहादुर श्रेष्ठसहितको टोली पुगेर चन्द्र माया परिवार,मान बहादुर राई,गनु मुसहर र मैना बिश्वकर्मालाई हिड़डुल गर्न सहज पुग्ने उदेश्य चांडै व्हीलचेयरको व्यवस्था गरिने जनाएको छ।

अपाङ्गता भएका व्यक्तिहरुसँग कुराकानी गर्दैगर्दा भेटिएका नागरिक समाज मोरङका अध्यक्ष चम्लागाईले अपाङ्गता भएका व्यक्तिहरुलाई वडा तथा नगरपालिकाले कुनै सहयोग नगरेकोमा दुख व्यक्त गर्दै अब यो काम स्वतन्त्र नागरिक समाज गर्ने बताए।

यस्तै सामाजिक व्यक्तित्व श्रेष्ठले पनि गरिव भएकै कारण अपाङ्गता भएका व्यक्तिहरुले कठिन जीवनयापन गर्दै आईरहेको स्थानी निकायबाट अहिलेसम्म कुनै सहयोग नपाउनुमा वडा सरकार दोषी रहेको उल्लेख गर्दै जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको बताए। कतिपय अशक्त व्यक्तिहरुको अपाङ्गता परिचयपत्र समेत नबनेको भेटीपछि त्यो पनि बनाईदिने जनाएका छन्।

संस्थाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न रोग लागेर उपचार गर्न नसकेका देखि गरिव तथा दुखमा परेकाहरुलाई सहयोग गर्दै आईरहेको छ। स्थापना भएको छोटो समयमा नै स्वतन्त्र नागरिक समाज मोरङ दुखी पिडित तथा आवाज बिहिनहरुको सारथी बन्दै गईरहेको छ। संस्थाले समाजमा फैलिएका बेथिति, अनियमिता र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाई रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here