मेचीनगर, माइती नेपाल काँकरभिट्टाले सार्वजनिक गरेको एक तथ्याङ्कमा हराएका ६९ जना मध्ये २० जना नागरिक फेला परेको बताइएको छ ।
हाम्रो समाज ः चेलीबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुख्य उदेश्यका साथ आइतबार माइती नेपालले सामाजिक परीक्षण र सरोकारवालासँगको छलफलमा २०८१/०८२ को उक्त तथ्याङ्कमा सार्वजनिक गरेको हो ।
माइती नेपालका पूर्वाञ्चल क्षेत्रिय निर्देशनालय अधिकृत गोविन्द घिमिरेले मुलुकका विभिन्न जिल्लाबाट हराएर निवेदन परेका ६९ जना मध्ये २० जना भेटिएको जानकारी दिए ।
भेटिएका २० जना मध्ये २ जना नेपाल र बाँकी १८ जना भारतका विभिन्न शहरहरुबाट फेला परेका हुन् ।
हराएका अधिकांश चेलीबेटीहरु सम्बन्ध विगारेर, पैसाको प्रलोभनमा परेर, जागिरको खोजीमा अलपत्र परेका, विहे गरेर बसेका लगायत कारणले वेपत्ता भएको घिमिरेले बताए ।
हराएका केहिले धेरै समयपछि घरमा सम्पर्कमा आएर अभिभावकहरुले कार्यालयलाई जानकारी गराउने, कसैलाई हाम्रै माध्यमबाट अभिभावकलाई सम्पर्क गरिदिने गरिएको उनको भनाई छ ।
यस्तै कार्यालयले सीमा नाकामा १५८ जनालाई भारत जानबाट रोकेको छ । भारतबाट ४ जनालाई उद्धार पनि गरिएको छ ।
घिमिरेका अनुसार विगतमा भन्दा काँकरभिट्टा सीमा नाकामा नेपाल र भारतका सुरक्षाकर्मीहरुको निगरानी कडाइ रहेको छ । त्यस्तै चेलीबेटी बेचविखन सम्बन्धी काम गर्ने धेरै संघ–संस्थाहरुको सहकार्यले पनि प्रहरी र हामीलाई सहज भएको छ ।
पछिल्लो समय चेलीबेटी बेचविखनमा सक्रिय दलालहरुले यो नाकामा कडाइ भएपछि झापाको अन्य साहयक बाटाहरु प्रयोग गर्न थालेका छन् । मानव तस्करीका दलालले झापाका दक्षिणका भेगहरु गौरीगंज, कचनकवल लगायतका ग्रामिण सडक प्रयोग गर्न थालेको बुझिएको छ ।
कार्यालयले २ वटा बलात्कारका घटना दर्ता र घरेलु हिंसाका ७ वटा घटना रहेको छ ।
२०८०÷०८१ मा ६२ जना हराएकोमा १६ जना भेटिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । १६८ जनालाई सीमामा रोकेको थियो । घरेलु हिंसाका १४ वटा उजुरी परेका थिए । बलात्कार सम्बन्धी २ वटा घटना दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगारका लागि विदेश जानेहरुलाई पनि कर्मचारी खटाएर परामर्श दिने गरेको छ ।
सुरक्षित आप्रवासन सम्बन्धी २०८१/०८२ मा पाँच हजार १४० जना र ०८०÷०८१ मा सात हजार ६७४ जनालाई परामर्श दिएको तथ्याङ्कमा उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रमुख डीएसपी रामचन्द्र थापाले सीमा नाकमा चेलीबेटीविखन रोक्न, अन्य अपराधिक गतिविधि र अवैध भन्सार छलीका समानको निगरानी, पक्राउ र बरामद मुख्य प्राथमिकता रहेको बताए ।
उनले समाजमा रहेका अनेक प्रकारका विकृत रुढीवादी परम्परालाई हटाउन आफ्नै घरैबाट सुरु गर्नु पर्ने बताए ।
कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले वैदेशिक रोजगारको प्रलोभनमा परेर भारतका कोठी र अन्य ठाउँमा अलपत्र परेकाहरुलाई उद्धार गर्नमा सहकार्य गरेको बताए ।
उनले आफ्नै नगरमा विभिन्न तालिम दिएर रोजगारको सिर्जनाका लागि गरिखाने वातावरण बनाइरहेको दावी गरेका थिए ।
विद्यार्थीहरुलाई विद्यालयमा पुगेर सचेतना दिइरहेको माइती नेपालको सामाजिक काममा सहकार्य गरिरहेको काँकरभिट्टा माविका प्रधानाध्यापक देवेन्द्र निरौलाले बताए ।
कार्यक्रममा सरोकारवाला विभिन्न सामाजिक संघ–संस्था र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
माइती नेपालका क्षेत्रिय अधिकृत गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परामर्शकर्ता सारथी राजबंशीले गरेकी थिइन् ।