अर्जुनधारा जलेश्वर धाममा प्रवचनात्मक प्रबोधन कार्यक्रम सम्पन्न

0
106
अर्जुनधारा, विश्व हिन्दु परिषद् तथा अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको संयुक्त आयोजनामा आइतबार “धर्मो रक्षति रक्षित” प्रवचनात्मक प्रबोधन कार्यक्रम सम्पन्न भएको छ ।
धामको श्रवण हलमा धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि परिषद्का अन्तराष्ट्रिय महामन्त्री मिलिन्द परान्डेले उद्घाटन गरेका थिए ।
धार्मिक तीर्थस्थलहरु केवल पूजाअर्चनामा मात्र सिमित नभई हिन्दुत्व रक्षार्थ सामाजिक अभियानमा जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वैदिक सनातन धर्म संरक्षण समिति नेपालका महासचिव खगेन्द्रप्रसाद निरौलाले जानकारी दिए ।
महामन्त्री परान्डेले प्रवचन दिएको कार्यक्रममा उनको जीवनी परिषद्का संगठन महासचिव प्रह्लादकुमार रेग्मीले प्रस्तुत गरेका थिए । कार्यक्रममा परिषद्का सहमहामन्त्री अरुण नेटेके, जनजाती कल्याण आश्रमका महासचिव प्रेम थुलुङलगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा झापासहित मोरङ, सुनसरीका गुरु, पुरोहित, पण्डितलगायत सात सय ५० जना बढीको सहभागिता रहेको बताइएको छ । धामका मूलअर्चक एवम् वैदिक सनातन धर्म संरक्षण समिति नेपालका उपाध्यक्ष अग्निप्रसाद सिग्देलले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन समितिका महासचिव  निरौलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here