उद्यमशील महिला जागरण केन्द्रद्वारा सेनेटरी प्याड उत्पादन र प्रबद्धनका लागि अन्तरक्रिया

0
48

कमल ।

झापाको कमल गाउँपालिका ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रले पुनःप्रयोग गर्न सकिने सेनेटरी प्याड उत्पादन र प्रबद्धनका लागि एडभान्स तालिमक उद्घाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा टेवाको अनुदान सहयोगमा पुनः प्रयोग योग्य सेनेटरी प्याडको उत्पादन र प्रबद्धनका विध्यालका शिक्षक शिक्षिका, संघ सस्थाका प्रतिनिधीका साथै सरोकारवाल निकाय संग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै एडभान्स तालिमको उद्घाट गरेको हो ।

पछिल्लो समय विध्यालयमा प्रयोग हुँदै आएको सेनेटरी प्याड खर्चिलो र डिस्पोज गर्न समेत समस्या हुदै आएकोमा केन्द्रले उत्पादन गरेको प्याड कम खर्चमा पुन ः प्रयोग गर्न मिल्ले र सहजै रुपमा डिस्पोज गर्न सकिने भएकोले यो प्याड वातावरण मैत्री समेत भएकोले सहजै रुपमा प्रयोग गर्न सकिने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनुभयो ।

महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड हेर्दा समान्य भएपनी यो अन्यन्तै संवेदनसिल भएकोले यसमा प्रयोग गरिने सामाग्री गुणस्तर हुन आवश्यक छ । पुन ः प्रयोग गर्न सकिने भनिए पनि यसको गुणस्तरमा भर पर्ने भएकोले प्याडको उत्पादन गर्दा प्रयोग गरिने सामाग्री तर्फ ध्यान दिनुपर्ने कमल ३ का वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।

केन्द्रले कमल गाउँपलिकामा मात्र नभएर कोशी प्रदेशको संखुवासभामा र मदेश प्रदेशको मिथिला नगरपालिकामा समेत पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड उत्पादन गर्दै आएको छ । यो प्याड त्याहाँका महिलाहरुले राम्रो संग मनपराउनु भएकोले धेरै दिदिबहिनी हरुले अहिले आफै प्याड उत्पादन गरेर स्वारोजगार समेत हुनु भएको उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती बताउनुहुन्छ ।

अन्तरक्रिया कार्यक्रममा नवजागरण महिला समाजकी अध्यक्ष विणु बेघा, सिंहदेबी आधारभुत विध्यालयकी शिक्षिका वर्षा श्रेष्ठ लगायतले स्थानिय रुपमा उत्पादन भएको सेनेटरी प्याड प्रयोग गर्नाले खर्च न्युनिकरण हुनुका साथै वातावरण मत्री समेत हुने बताउनुभयो ।

कार्यक्रम केन्द्रकी सचिव नन्दकुमारी लिम्बूले सञ्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष विष्णुमाया आचार्य गौतमले स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here