शिक्षा विधेयकको विरोधमा कोशी प्रदेशसभा भवन अगाडि प्रर्दशन

0
212

झापा, शिक्षा विधेयकको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सहितले बिराटनगरमा प्रर्दशन गरेका छन् ।
संघीय शिक्षा ऐन अन्तर्गत निजी विद्यालय बन्द गर्ने गरी शिक्षा विधेयक ल्याउन लागिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको हो । 
प्याब्सन, एन–प्याब्सन, हिसान र अपेनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सहभागीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका थिए। कार्यक्रममा सहभागीले उल्टो साइकल चलाएर सरकारको सांकेतिक विरोध गरेका थिए । उनीहरुले सरकारले ल्याउन लागेको शिक्षा विधेय शिक्षा क्षेत्रका लागि हानिकारक हुने बताउँदै सरकारको चर्काे आलोचना गरेका थिए । निजी विद्यालयको स्वतन्त्रता तथा विद्यार्थीको शिक्षाको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले प्रदेश सभा भवन अगाडि प्रर्दशन गरेका हुन् ।
महेन्द्र चोकमा भेला भएर आयोजना गरिएको विरोध ¥याली प्रदेश सभा भवन अगाडि पुगेर सरकार विरुद्ध नारावाजी गरेका हुन् ।
कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र पालिका कार्यसमितिमा रहनु हुने पदाधिकारी, सल्लाहाकार , सदस्य, पूर्व पदाधिकारी, पूर्व सल्लाहाकार, पूर्व सदस्य, लगायत सम्पूर्ण संस्थापक प्रिन्सिपल तथा विद्यालय प्रतिनिधि समेत उपस्थिति भएका थिए । कार्यक्रममा एक हजार बढी सहभागी थिए । कार्यक्रमका लागि झापाबाट समेत २ सय ८० जना सहभागी थिए ।
विरोध कार्यक्रमको संयोजन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) कोशी प्रदेश संयोजक सुमित थापाले गरेका थिए । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय वरिष्ट सल्लाहकार टिकाराम पुरी, एन प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयवहादुर श्रेष्ठ, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष भेषराज पोखरेल लगायतले बोलेको प्याव्सन झापाका सचिव लक्ष्मी प्रसाद उप्रेतीले जानकारी दिए ।  कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव गौरीमान फागोले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here