विराटनगरमा प्राविधिक शिक्षा नमुना केन्द्र स्थापना

0
62
विराटनगर,
 
विराटनगर महानगरपालिकामा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ ।
सगरमाथा आइ ल्याब समूह (कोशी प्रदेश), काठमाडौँ विश्वविद्यालय अन्तर्गतको स्कूल अफ एजुकेशन र स्वीजरल्याण्डको इटीएच ज्युरिचको सहकार्यमा सञ्चालित आइ ल्याब कार्यक्रम अन्तरगत सो केन्द्र स्थापना गरिएको हो ।
स्थानीय तह, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित उक्त केन्द्रले नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता पूरा गर्ने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरलाले  बताउनुभयो ।
“उद्योगलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न तथा समुदायमा रोजगारी र स्वरोजगारको अवसर सिर्जना गर्न यसबाट मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।
सगरमाथा आइ ल्याब समूहले सञ्चालनमा ल्याएको ‘सीप सम्वद्र्धन, तालिम पहुँच र रोजगारी जोड्ने कार्यक्रम’ अन्तर्गत समूहले गाउँ–टोलमै पुगेर तालिमको पहिचान गरी उद्योगसँगको सहकार्यमा युवालाई रोजगारी तथा बजारसँग जोड्न सेतुको काम गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here