सुन्दरहरैंचामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न

0
61

सुन्दरहरैंचा(मोरङ),

मोरङको सुन्दरहरैंचा नगरपालिका – ११ बेलेपुरमा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ।

श्री सृजनशिल समाजको आयोजनामा तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता सम्पन्न छ। समाजकी अध्यक्ष लक्ष्मी बजगाईको अध्यक्षता तथा सुन्दरहरैचाकी उपप्रमुख अंकली चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सृजनशिल समाजले विवाहित महिला नृत्य प्रतियोगिता आयोजना गरेर उत्कृष्ट कार्यक्रम गरेको भन्दा खुलेर प्रसंशा गरिन्।

उनले सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिईन्।

तीज बिशेष खुल्ला विवाहित महिला नृत्य प्रतियोगिताको अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरेका थिए।

खुल्ला विवाहित महिला नृत्य प्रतियोगिता खोर्साने आमा समूह प्रथम,अक्सिजन फिट्नेस ग्रुप द्वितीय,बिष्णु पंचायत भजन कृतन समूह त्रितीय र शोभा जोशीको समूह सान्त्वना भएको सृजनशिल समाजकी सस्थापक अध्यक्ष निरु बजगाईले जानकारी दिईन्।

प्रतियोगिताका बिजेताहरुलाई क्रमश नगद १० हजार, द्वितीयलाई नगद ७ हजार,तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजारसहित प्रमाणपत्र वितरण वितरण गरिएको अध्यक्ष बजगाईले बताईन्।

कार्यक्रममा जर्जको रुपमा राजु बस्नेत र अमृता खड्का रहेका थिए। कार्यक्रमको सहजीकरण समाजकी सचिव अनिता बुढाथोकी गिरीले गरेकी थिईन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here