झापाका श्रमिक नेता चिया तथा कफि विकास बोर्डको सदस्य

0
163

बिर्तामोड ।

चिया श्रमिक नेता दिपक तामाङ राष्ट्रिय चिया तथा कफि विकास बोर्डको कार्यकारी सदस्यमा मनोनित भएका छन् ।

संघीय सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको बोर्डमा तामाङलाई कृषि मन्त्री रामनाथ अधिकारीले नियुक्त गरेका हुन् ।

नेपाल चिया बगान श्रमिक संघको केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य रहेका तामाङ चिया श्रमिकको हकअधिकारमा लामो समयदेखि वकालत गर्दै आएका छन् ।

बोर्डमा मनोनित भएकोमा खुशी व्यक्त गर्दै उनले चिया श्रमिक, किसान र उत्पादकका साझा समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताएका छन् । उनी झापा अर्जुनधाराका बासिन्दा हुन् ।

मन्त्री स्तरीय निर्णयबाट तामाङसँगै इलामका चिया उद्योगी उदय चापागाई पनि बोर्डको कार्यकारी सदस्यमा मनोनित भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here