बिर्तामोड, नेपाल पत्रकार महासंघ झापाकी निवर्तमान उपाध्यक्ष सुशीला संग्रौलाकी सासूआमा (कर्ममाता) मनमाया पोखरेलको बुधवार ९१ बर्षको उमेरमा निधन भएको छ ।

बिर्तामोड–४स्थित निवासमा उनको निधन भएको हो । स्व. पोखरेलको पार्थिव शरीरको विहीवार कनकाई माईमा अन्त्येष्टि गरिने बताइएको छ । न्यूमेची टाइम्स दैनिक तथा अनलाइन न्यूज पोर्टलकी सम्पादक समेत रहेकी संग्रौलाका पति देवीप्रसाद पोखरेलको तीन बर्षअघि अकल्पनीय निधन भएको थियो ।
संग्रौला नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य समेत हुन् । मनमाया बुहारी संग्रौला नाति निश्चलका साथ बस्दै आएकी थिइन् । स्व. मनमायाका जेठा छोराबुहारीमा नेत्रप्रसाद–ज्ञानु छन् भने छोरीहरु शुभद्रा, भावना र विमला रहेका छन् ।





























