माछा मार्न गएका राईको लडेर मृत्यु

0
55

किमाथाङ्का (सङ्खुवासभा),

स्थानीय कासुवाखोलामा माछा मार्न जानुभएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उहाँको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उहाँले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताउनुभयो ।

उहाँसँगै माछा मार्न जानुभएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here