निशान्त ज्योतिष केन्द्र नेपालीले भरिभराऊ

0
78

झापा ।
ज्योतिष शात्रमा विद्यावारिधि गरिररहेका छन् निशान्तले । भारतको दिल्लीस्थित गोणगाउँमा रहेको नाडी ज्योतिष केन्द्रबाट उनले विद्यावारिधि गरिरहेका हुन् । नेपाली मुलका उनी भारको पानीट्याङ्कीमा बसोबास गर्छन् ।

हस्तरेखा विज्ञका रुपमा परिचित उनी भारतमा गुरुजीका नामले प्रख्यात छन् । अनुहार, बोलीबचन, हाउभाउ, रहनसहन, पारिवारिकस्थिति हेरेकै भरमा भविष्यवाणी गर्न सक्ने उनी हस्तरेखामा पिएचडी (विद्यावारिधि) गर्दैछन् । विगत चार वर्ष अघिदेखि पानीट्याङ्कीमा निशान्त एवम् ज्योतिष केन्द्र सञ्चालन गर्दै आएका उनले हालसम्म एक लाखभन्दा धेरैको भविष्यवाणी गरिसकेका छन् । उनले सर्वसाधारणदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको भविष्यवाणी गरेर भारतमा प्रशिद्धी कमाएका छन् ।

पानीट्याङ्कीमा सामान्य मोटरसाइकल रिकण्डिशन व्यवसाय सञ्चालन गर्दै ज्योतिष शास्त्र अध्ययन गरेका उनले व्यवसायसँगै अध्ययनलाई निरन्तरता दिइरहे । जसको परिणाम आज उनले भारतमा प्रशिद्धी कमाएका छन् । हिन्दू धर्मावलम्बीहरु बीचमा उनी चर्चित गुरुजीका रुपमा परिचित छन् । मानिसलाई हेरेकै भरमा भविष्यवाणी गर्न सक्ने भएपछि उनले सञ्चालन गरेको ज्योतिष केन्द्रमा आफ्नो भाग्य र भविष्य देखाउनेको लर्काे लाग्ने गरेको छ । ज्योतिष शास्त्रमा उनले भारतमा मात्र होइन नेपालमा पनि उत्तिकै नाम कमाएका छन् । नेपालका चर्चित नेताहरुको भविष्यवाणी गरेर प्रशिद्धी कमाएका उनले सर्वसाधारणलाई समेत सहज रुपमा सेवा पु¥याउँदै आएका छन् ।

‘नेपालको राजसंस्था, गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी, दुर्गा प्रसाईको गिरफ्तारी लगायतका विषयमा उहाँहरुलाई मैले पहिले नै जानकारी गराएको थिएँ’ –पूर्वाञ्चलसँगको कुराकानीमा निशान्तले भने– ‘शुरुमा मलाई विश्वास गरेका थिएनन् । पछि जे भनेको थिए त्यही भयो । अहिले मसँग उहाँहरुको सिधा सम्पर्क छ ।’

‘मेरो मुख्य व्यवसाय मोटरसाइकल रिकण्डशन एण्ड सर्भिस सेन्टर हो’ –उनले थपे– ‘अध्ययनको क्रममा जे ज्ञान आर्जन गरे । त्यसलाई व्यवहारमा लागू गर्दा मलाई धेरैले माया र विश्वास गर्नुभयो । आज भारतमा प्रशिद्ध ज्योतिषको नामले परिचित हुन पुगेछु ।’

केही समयअघि महाकुम्भमा सकियो । महाकुम्भमा सहभागी हुन जाँदा धेरैको भविष्यवाणी गर्ने सौभाग्य मिल्यो । त्यसले पनि मेरो चर्चा भारतभर फैलियो । मैले आजसम्म गरेका भविष्यवाणी एउटा पनि फरक परेको छैन उनले भने– ‘तपाईलाई विश्वास लाग्दैन एक पटक आएर आफ्नो भविष्य देखाएर जानुहोस् । एक रुपैयाँ दिनु पर्दैन । मेरो भविष्यवाणीकै कारण तपाईको जीवनमा सकारात्मक ऊर्जा भरिन्छ पछि तपाई आफैं आएर मलाई भेट्नुहुन्छ ।’

भारतीय बजार पानीट्याङ्कीमा दैनिक उपभोग्य वस्तु खरिदका लागि गएका अधिकांश नेपाली गुरुजी निशान्तलाई नभेटी फर्कदैनन् । उनीहरु पर्खिएर भए पनि आफ्नो भविश्य देखाएरै फर्कन्छन् । अझ मोटरसाइकल बनाउन जानेहरुको रासोबासो नै त्यही हुने गरेको छ । उनले आफ्नो ज्योतिष केन्द्र नजिकै निशान्त मोटर्स पाट्स सञ्चालन गर्द आएका छन् । त्यहाँ पनि दिनहुँ नेपालीको भीड लाग्ने गरेको छ । मोटरसाइकल बनाउन जानेहरु नै उनका स्थायी सेवाग्राही हुन् ।
‘ज्योतिष विज्ञानमा भ्रम फैल्याइएका कारण आज ज्योतिष कर्म गरिरहेकाहरुले बद्नामी कमाएका छन्’ –निशान्तले भने– ‘ज्योतिष विज्ञान हो । यसलाई अध्ययन नगरी हुँदैन । नपढी मानिसको भविष्य बताउन थाल्यो भने नाङ्लोमा जडीबुटी फिजाएर आयुर्वेदको प्रचार गरे जस्तै मात्रै हुन्छ ।’

निशान्तले गशेण चौथीको अवसरमा आफूले सञ्चालन गरेको ज्योतिष केन्द्रमा विशेष पूजाको आयोजना गरे । जहाँ नेपाल र भारतका २५ जना पण्डितहरुले विशेष पूजा आरधना गरेका थिए । आचार्य पण्डित गोपालको अगुवाइमा भएको पूजामा नेपालबाट आठ जना पण्डितहरु सहभागी थिए । उनीहरुले विधिपूर्वक वेदका मन्त्र उच्चारण गर्दै विश्व शान्तिको कामनासहित सम्पूर्ण मानव कल्याणका लागि संकल्प गरेका थिए ।

पूजाका अवसरमा सहभागीमध्ये धेरैको भनिष्यवाणी गुरुजी निशान्तले अनुहार रहेर र हस्तरेखाका आधारमा गरेका थिए । त्यसको प्रत्यक्ष प्रशारण भारतका दर्जनभन्दा बढी सञ्चारमाध्यमले गरेका थिए ।

सामान्य व्यवसाय सञ्चालन गरिरहेका उनमा अलौकिक शक्ति प्राप्त हुनु र ज्योतिष शास्त्रमा विद्यावारिधिसहितको दक्षता हासिल गर्नु आफ्नो पेशालाई थप मर्यादित र विश्वासिलो बनाउनु हो । हात हेररेकै भरमा, अनुहार हेरैकै भरमा, जन्म मितिकै भरमा, मोबाइल नम्बरकै भरमा तपाईको भविष्य कस्तो छ भन्न सक्ने गुरुजी निशान्त भारतको पानी ट्याङ्कीमा नेपालीबासीका लागि आशाको केन्द्र बनेका छन् ।

आफ्नो भविष्य देखाउन पुगेकी बुद्धशान्ति–६ निवासी मूना सिटौलाले गुरुजीले भनेका सबै कुरा विश्वास लागेकाले पुनः दोहो¥याएर भविष्य देखाउन आएके बताइन् । उनले भनिन्– ‘गुरुजीलाई आफ्नो भविष्य देखाएपछि जीवनमा उर्जा भरिएको जस्तु अनुभव भयो र पुनः सल्लाह गर्न आएकी हुँ ।’
उनी जस्तै आफ्नी छोरीको भविष्य देखाउन पुगेका थिए बिर्तामोड– ६ बुट्टाबारीका यादवप्रसाद खतिवडा । आफूले पनि मोटरसाइकल बनाउन आउँदा गुरुजीका विषयमा थाह पाएको र हात हेराउँदा सबै मिलेपछि छोरीलाई लिएर आएको बताए । उनले भने– ‘अदालतमा सम्बन्धविच्छेदको मुद्दा रहेको विषय पनि धेरैको मिलेको देखेको छु । मलाई गुरुजीप्रति पूर्ण विश्वास लागेकाले छोरी लिएर आएको हूँ ।’
भारतको पश्चिम बंगालमा रहेका निशान्तमा देखिएको यो कुनै जादु मन्त्र वा टुनामुना होइन । विज्ञानले निर्दिष्ट गरेको सिद्धान्तमा आधारित हस्तरेखा र स्वभावको अध्ययन हो । निशान्त भन्छन्– ‘म झुठो कुरा बोल्दिनँ, जे देख्छु र सत्य लाग्छ, त्यही भन्छु । धन आर्जनका लागि होइन, समस्यामा परेकालाई सेवा गर्ने ध्येयका साथ यो कार्यलाई अघि बढाएको हुँ ।’

निशान्तलाई भविष्य देखाउन चाहनेहरुले ९८४०१६४४५३, ९७०९५५१६७५ वा इन्डियन नम्बर +९१९६७३९०७३३५ वा +९१५७०१९५४३३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here