स्वीमिङ पुलमा डुबेर प्रकाश प्रसाईंको मृत्यु

0
157

बिर्तामोड ।

झापाको बिर्तामोड–२ स्थित जयड्रिमल्याण्ड पार्कको स्वीमिङ पुलमा डुबेर एक ब्यक्तिको मृत्यु भएको छ ।

बिर्तामोड–३ निवासी ३३ बर्षीय व्यवसायी प्रकाश प्रसाई बिर्तामोड–१० निवासी ३३ बर्षीय केशव शिवाकोटीसँग पार्क घुम्न गएका थिए । पुलमा पौडी खेल्ने क्रममा डुबेका प्रसाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रसाईको मृत्यु भएपछि प्रहरीले प्रसाईसँगै गएका शिवाकोटी र पार्कका एक जना कर्मचारीलाई सोधपुछ गरेको प्रहरी स्रोतले बताएको छ । सोधपुछको क्रममा मृतक प्रसाईले मादक पदार्थ सेवन गरेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रसाई ओमकार रेडिमिक्स कंक्रिट प्रालिका सञ्चालक हुन् । स्वमिङ पुलमा तालिम प्राप्त लाइफ गार्ड नहुँदा बेलाबेला मानिसको मृत्यु हुने गरेको छ । केहि समय पहिले अर्जुनधारा–६ मातामन्दिर नजिकै रहेको सीएम पुलमा डुबेर काठमाण्डौ–१४ बस्ने ४० बर्षीय केशव पाठकको मृत्यु भएको थियो ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here