झापा, जेसीज पूर्व अध्यक्ष समाज झापाको अध्यक्षमा रमेश पोखरेल चयन भएका छन् । समाजको बिर्तामोडमा सम्पन्न स्थापनाको छैठौं तथा विधान दर्ता पछिको पहिलो साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् ।
भद्रपुर निवासी पोखरेल यस अघि दतर्थ समितिको अध्यक्ष थिए । साधारण सभाले अध्यक्ष सहित पदाधिकारीलाई समेत तदर्थ समितिलाई नै पूर्णता दिएको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य र तदर्थ समितिका अध्यक्ष पोखरेलको अध्यक्षतामा बिर्तामोडमा भएको प्रथम साधारणले साविकमा कायम रहेका उपाध्यक्ष– विष्णुप्रसाद रिमाल, महासचिव– ऋषिराज तिम्सिना, सचिव– प्रकाश भण्डारी, कोषाध्यक्ष– राधा सुब्बालाई निरन्तरता दिने निर्णय गरेको हो । त्यस्तै सदस्य उज्वल श्रेष्ठ, उषा श्रेष्ठ, कमल कट्टेल, कुमार सिंह सावा लिम्बु , केशव पोखरेल, खगेन्द्र पाण्डे, छत्रपति खनाल, दिपीन राई र नरेन्द्र बराललाई नै जिम्मेवारी दिएको छ ।
त्यसैगरी तदर्थ समितिमै रहेका पुष्कर ढकाल, यामकुमार खड्का, विजय तिम्सिना, विगम श्रेष्ठ र हरिचन्द्र अधिकारी पनि नवगठित कार्यसमितिको सदस्यमा रहेका छन् । साधारण सभाले अध्यक्ष पोखरेलद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष राधा सुब्बाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
महासचिव तिम्सिनाको सञ्चालन, उपाध्यक्ष रिमालले स्वागत र उषा श्रेष्ठले जेसीज आस्था वाचन गरेको कार्यक्रममा शाखा अध्यक्षको तर्फबाट दमक जेसीज अध्यक्ष सहदेव भट्टराई ,भद्रपुर जेसीजका सन् १९८१ का अध्यक्ष उदय चापागाई ,समाजका संस्थापक अध्यक्ष छविलाल खतिवडा , नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल र प्रकाश अधिकारी तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभामाझापा भरिका १८ शाखा अध्यक्ष सहित पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो।






























