झापा, नेपाल अलौंची व्यवसायी महासंघको पाँचौ अधिवेशनले दिपक नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा निर्वाचित नेपाल पाँचथर निवासी हुन् ।

बिर्तामोडमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व सर्वसम्वत चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्ष नारायण चिमरिया सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा मातृका घिमिरे र सुजित वंशल तथा महिला उपाध्यक्षमा कुसुम दाहाल निर्वाचित भएका छन् ।
महासचिवमा प्रज्वल बिमली सर्व सम्मत चयन भएका छन् । सचिवमा सञ्जीव घिमिरे र प्रेमकुमार राई तथा कोषाध्यक्षमा रामकृष्ण विष्ट निर्वाचित भएको निर्वाचन अधिकृत रोहित काफ्लेले जानकारी दिए ।

त्यसैगरी सदस्यमा कुमार थापा, अमृत बहादुर सुवेदी, छेदेन वाङदेन शेर्पा, मुकेश अग्रवाल, रामकृष्ण अधिकारी, यादव प्रसाद सुवेदी, लोचन शिवाकोटी, तिलक पाण्डे, नीलकुमार पोदार, कुमार श्रेष्ठ,पासाङ निम्मा शेर्पा, भरत उप्रेती, सोचन शिवाकोटी, खगेन्द्र बास्तोला निरज अधिकारी, इन्द्रकुमार तामाङ, गणेश पौडेल निर्वाचित भएका छन् ।
महिला सदस्यहरूमा माया गुरुङ, सुमित्रा भट्टराई ,संगीता चिमरिया निर्वाचित भएका छन् । खुल्ला सदस्यहरूमा राजकुमार सापकोटा, रविन्द्र खड्का, डिल्ली कुमार न्यौपाने, नरेश कुमार अग्रवाल, शत्रुघन चौधरी निर्वाचित भएका छन् ।
प्रदेश संयोजकहरूमा बागमती प्रदेशमा धनपति पोखरेल, कोशी प्रदेशमा बालमणि बराल निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक रुद्र भुर्तेलले निर्वाचित कार्यसमिति तथा पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
निवर्तमान अध्यक्ष निर्मल भट्टराईलगायतले उनीहरुलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । ४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापाको बिर्तामोडमा रहेका छ भने १६ जिल्लामा समिति रहेको छ ।
अधिवेशनमा केन्द्रिय प्रतिनिधि १५१ जना र जिल्लाबाट ५ जनाका दरले प्रतिनिधि ८० जना गरी जम्मा २३१ जना प्रतिनिधि रहने व्यवस्था रहेको बताइएको छ ।






























