प्याव्सनको आयोजनामा जिल्ला व्यापी कार्यक्रम: ३ सय १९ विद्यालयका ६६० विद्यार्थी सहभागी

0
478

झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) झापाले जिल्ला स्तरीय विभिन्न सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । झापाका १४ वटा पालिकामा प्याब्सन झापाले छुट्टा छुट्टा कार्यक्रम गरेको हो ।


कार्यक्रममा झापाका ३ सय १९ विद्यालयबाट विद्यार्थी सहभागी थिए । जसमा ११ वटा विधामा विद्यार्थीलाई प्रतिष्पर्धा गराइएको थियो । प्रत्येक विधामा २२ जनाका दरले ६ हजार ६ सय ६० जना विद्यार्थी सहभागी भएको प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
प्याव्सनले बार्षिक कार्यक्रम अनुसार पालिका स्तरीय कार्यक्रम गराएको हो । पालिकास्तरीय कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई जिल्ला स्तरीय कार्यक्रममा सहभागी गराइने छ । जिल्ला स्तरिय प्रतियोगिता भदौ २३ गते हुने कार्यक्रम तय भएको छ । पालिका स्तरीय कार्यक्रममा प्रथम हुने कक्षा ८ सम्मको हाजिरी जवाफ र कक्षा १० सम्मको नेपाली अङ्ग्रेजी दुबैको आकस्मिक वक्तृत्वकला प्रतियोगिता हुने छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here