झापा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि बिर्तामोड शाखाले आफ्ना अभिकर्तालाई सम्मान गरेको छ ।
अभिकर्तालाई विमा सम्वन्धि पुर्नताजगी गराउँदै उनीहरुलाई सम्मान गरेको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश प्रमुख रोशननिधि तिवारीकोे अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रथम हुन सफल एजेन्सी मेनेजर एडीआरटी बाबुराम अधिकारी , नेपाल चौथो हुन सफल प्रेमराज गिरी , पदमबहादुर श्रेष्ठ, शिवलाल धिमाल,विवेक आचाय, जानुका गिरीको विशेष आतिथ्य रहेको थियो ।
नीरप्रसाद अधिकारीले सञ्चालन गरेको कार्यक्रममा ५० जना भन्दा धेरै अभिकर्ता, एजेन्सी मेनेजर, वरिष्ठ एजेन्सी मेनेजरको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०८१÷०८२ मा भएको व्यावसायको समीक्षा गर्दै त्रिपल करोडपति, डबलकरोडपति, करोडपतिसंगै रिलायबल क्लब स्टारमा सफल हुनु हने एक स्टारदेखि मेगा स्टारलाई सम्मान गरिएको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिका प्रदेश प्रमुख तिवारीले आर्थिक वर्षमा के कसरी कार्य गरी लक्ष्य हासिल गर्न सकिन्छ र एमडीआरटी बन्नका लागि विशेष सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै पेसामा निरन्तरता दिइयो भने सफल हुने बाबुराम अधिकारीले बताएका थिए । त्यस्तै प्रेमराज गिरीले हामीले कार्य गर्दा इमान्दारिका साथ बिमा प्रस्तावकलाइ बिमा जोखिम साथै यसका फाइदा बुझाउदा बिमा गर्न कठिनाई नहुने भन्ने धारणा राखेको बिर्तामोड शाखा प्रमुख नीरप्रसाद अधिकारीले जानकारी दिए ।





























