रुपरत्न मेमोरियल आवासीय विद्यालयद्वारा विद्यार्थी पुरस्कृत

0
65

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिका–७स्थित रुपरत्न मेमोरियल आवासीय विद्यालयले आइतबार एक कार्यक्रमकोबीच विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा गत शनिबार सम्पन्न भएको नगरस्तरिय अतिरिक्त क्रियाक्लाप कार्यक्रम–२०८२अन्र्तगत विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयले सम्मानित गरेको हो ।

यसरी पुरस्कृत हुनेहरुमा मावितर्फ नेपाली माध्यमको आकस्मिक वकतृत्वकला प्रतियोगितामा प्रथम हुने आकृति आचार्य, मावितर्फ नेपाली माध्यमको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने गृष्मा राई, आधारभूततर्फ अङग्रेजी माध्यमको श्रुति लेखन प्रतियोगितामा प्रथम हुने पल्लवी घिमिरे, मावितर्फ कविता वाचन प्रतियोगितामा द्वितीय हुने योजना गौतम रहेका छन् ।

त्यसैगरी अन्य पुरस्कृत हुनेहरुमा जुनियरतर्फको हाजिरी जवाफ प्रतियोगितामा तृतीय हुने विद्यार्थीद्वय युनिसा मगर र सुरज प्रधान, आधारभूततर्फ नेपाली माध्यमको श्रुति लेखन प्रतियोगितामा तृतीय हुने प्रनिश घिमिरे र प्रावितर्फ नेपाली माध्यमको हस्त लेखन प्रतियोगितामा तृतीय हुने रविना साङपाङ राई रहेका छन् ।

पुरस्कृत हुने विद्यार्थीहरुलाई विद्यालयकी संयोजक नम्रता गिरीले अविर लगाई नगद पुरस्कारबाट पुरस्कृत गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् विद्यालयका व्यक्तित्व विकास तालिमका प्रशिक्षक अमित खम्बूलगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक जीवन लिम्बूले गरेका थिए ।

यता मावितर्फ नेपाली माध्यमको आकस्मिक वकतृत्वकला प्रतियोगिताकी विजेता आचार्य प्याब्सन झापाले आयोजना गर्ने जिल्लास्तरिय प्रतियोगिताको लागि छनौट भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here