झापा, माइवेनी महिला कृषि सहकारी संस्था लिमिटेड शिवसताक्ष १० माइधारको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष रोहिता मिश्र भट्टराईको अध्यक्षता तथा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्रा ‘रोशन’ को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी व्यवस्थापक इन्दिरा निरौला दाहालले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थोप्राले महिलाहरुलाई उद्यमशीलतामा जोड्न माइवेनी महिला कृषि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको चर्चा गरेका थिए । उनले महिलाहरुलाई स्वावलम्बी बनाउन नगरको काम भएपनि सहकारी संस्था स्वयमले संस्थामा आवद्ध महिलालाई उद्यमशीलतामा जोड्नै आत्मनिर्भर बनाउन टेवा पु¥याएको भन्दै सहकारीको प्रशंसा गरेका थिए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका कोषाध्यक्ष केशव बस्नेत, माइधाम साकोसका कोषाध्यक्ष देवी बराल, पाथीभरा नौमति वाजा
की सञ्चालक तारा आचार्य कार्की, भोजकुमारी नेपाल लगायतले सहकारीले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा ज्येष्ठ महिला होमादेवी रायमाझी, तुलसी लावती, इसइईमा उत्कृष्ठ हुने जेनिषा तिम्सिना, उत्कृष्ठ बचतकर्ता फूलकुमारी साह, मञ्जु श्रेष्ठ, असल ऋणी चन्द्रकला तिम्सिना, डम्वर कुमारी जवेगूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै असल कृषकलाई कृषि औजार उपहार प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा संस्थाद्वारा आयोजित नौमति वाजाको तालिम लिने नौ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र बितरण गरिएको थियो भने कर्मचारी सुनिता लिम्बूलाई विदाई गरिएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका शेयर सदस्य ९ सय ८५ जना पुगेको बताएकी थिइन् । सहकारीमा ३ सय ४५ समूह, २०६ सामुहिक कर्जा ऋणी , १० जना धितो कर्जा ऋणी रहेको अध्यक्ष भट्टराईले जानकारी गराइन् ।
संस्थाको शेयस पूँजी ९७ लाख ५१ हजार, ४ सय , लगानीमा रहेको कर्जा ३ करोड, ५५ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ ८५ पैसा , बचत ३ करोड १६ लाख ४३ हजार ९ सय ८२ रुपैयाँ ४० पैसा रहेको भट्टराईद्वारा प्रूतुत प्रतिवेदनमा उल्लेख छ ।
तीज विशेष कार्यक्रम अन्तरगत सहभागीलाई दरको रुपमा भोजन गराइएको थियो । कार्यक्रमको संचालन संस्थाकी सचिव विमला संग्रौलाले गरेकी थिइन् ।






























