माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक महिलाको मृत्यु

0
89

झापा ।

कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका-२ रतिबारी बस्ने उखारू राजवंशीकी श्रीमती ४६ वर्षीया उजारी राजवंशी आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम झारूँ राजवंशीको खेतमा कमेरो माटो लिन गएकी थिइन् ।

माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । स्थानीयले मृत अवस्थामा देखेर प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएर पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाएको डीएसपी खगेन्द्र खड्काले बताए ।

मृतक उजारी छारे रोगबाट पीडित भएको स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here