मारवाडी सेवा समिति बिर्तामोडको नेतृत्व चयन

0
438

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको मारवाडी सेवा समिति बिर्तामोडको ३२ औं साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न भएको छ ।

बिर्तामोडस्थित मारवाडी सेवा समितिको भवनमा सोमबार भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । समितिको अध्यक्षमा बिजय कुमार गोयल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दिपक मित्तल, सचिबमा गौरीशंकर गुप्ता (टिन्कु), कोषाध्यक्षमा सुमित साहेवाला र सह–सचीवमा बजरङ्ग कुमार मित्तल चयन भएका छन् ।

त्यस्तै कार्यकारीणी सदस्यहरुमा यज्ञराज अग्रवाल, मिनप्रसाद अग्रवाल (सन्जय) सुरेश अग्रवाल, अमित अग्रवाल, श्यामसुन्दर अग्रवाल,पंकज मित्तल र मनोज गोयल चयन भएका छन् । निर्वाचन समितिमा शिवकुमार अग्रवाल, भाष्कर शर्मा र रोहित काफ्ले रहेका थिए । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव गौरीशंकर गुप्ता (टिन्कु)ले जानकारी दिए ।

संस्थाका अध्यक्ष मोहन कुमार मित्तलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष दिनेश मित्तलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथी नेपाल राष्ट्रिय मारबाडी परिषद्का केन्द्रिय सचिव उमेश डालमिया, नेपाल राष्ट्रिय महिला संगठनकी केन्द्रिय अध्यक्ष निर्माला जोशी, नेपाल राष्ट्रिय मारबाडी परिषद्का केन्द्रिय सदस्य अरविन्द मित्तल, संस्थापवक अध्यक्ष वेदप्रकाश अग्रवाल, निर्वमान अध्यक्ष पवन खेडिया, पूर्वअध्यक्ष तथा अग्रशेन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल (भद्रपुरे), पूर्वअध्यक्षहरु सुरेश बंशल, बाबुलाल अग्रवाल, नेपाल राष्ट्रिय युवा संगठनका कोषध्यक्ष यज्ञराज अग्रवाल, सदस्य सुमित साहेवाला, क्षेत्रीय (क) अध्यक्ष दिपक मित्तल,मारवाडी महिला मञ्चकी अध्यक्ष निलम अग्रवाल, युवती मञ्चकी संयोजक ऋचा मंगल, रमेश केडिया लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिब दिपक मित्तलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here