‘यहाँ छ’ सार्बजनिक समारोहमा युवा व्यवसायी पदम श्रेष्ठ सम्मानित

0
75

झापा । काम खोज्नेलाई काम र सेवा खोज्नेलाई सेवा उपलब्ध गराउने पहिलो नेपाली फ्रिलान्स प्लेटफर्म ‘यहाछ डटकम’ सार्वजनिक गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच सोमबार व्यावसायिक अनलाइन पोर्टल ‘यहाछ’ को सार्वजनिक गरिएको हो ।

बिर्तामोड नगरप्रमुख पवित्रादेवी महतारा प्रसाईंले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालिले निर्माण गरेको व्यावसायिक अनलाइन पोर्टलको सार्वजनिक गरेका हुन् । प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सो क्षेत्रबाट सेवा लिन अब उक्त पोर्टल सुरु गरिएको हो ।

प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्नुपरे वा गराउनुपरेमा यो प्लेटफर्मको प्रयोग गर्न सकिने कम्पनीका रविन थापाले जानकारी दिए । उनका अनुसार ल्यापटप र इन्टरनेट हुने जोकोहीले कुनै पनि ठाउँमा बसेर काम गर्न सकिनेछ ।

स्वदेशमा रोजगार छैन भन्नेहरुलाई उनले प्रविधिको ज्ञान भए विदेश जानुनपर्ने अवगत गराए । सन् २०१६ देखि अन्तर्राष्ट्रियस्तरमा सेवा गर्दै आएको कम्पनीले नेपालभरका लागि नयाँ कार्यक्रम ल्याएको हो । अनलाइन सेवामार्फत गरिने काममा भुक्तानी खल्तीबाट गर्ने व्यवस्था मिलाइएको छ ।

रोजगार र सीपलाई जोड्ने माध्यमका रुपमा सार्वजनिक गरिएको ‘यहाछ’ ले दुवै पक्षका समस्याहरु समाधान गर्ने विश्वास गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख प्रसाईंले युवाहरुले नेपालमै सम्भावना देखाउन गरेको प्रयासको प्रशंसा गरिन् ।

सल्लाहकार रविन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here