झापा, प्लान्ट क्वारेन्टाइनका सर्त पूरा नगरको आरोप लगाउँदै बंगलादेश सरकारले नेपाली कुचो निर्यातमा रोक लगाएको छ । जसका कारण नेपालबाट कुचो लिएर गएका दश वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय अगाडि राखिएका छन् ।
प्लान क्वारेन्टाइनलेसर्त र मापदण्ड पूरा नगरेको भन्दै क्वारेन्टाइनमा नै गाडी रोकेको नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले बताए ।

बङ्गलादेशको क्वारेन्टाइनले नेपालबाट गएको कुचोमा कुन केमिकल प्रयोग गरिरहेको छ र यसबाट धुलो झर्छ कि झर्दैन भन्ने अनुसन्धान गर्न रोकेको अध्यक्ष जैनको भनाई छ । कार्यालयले प्रत्येक कुचोमा निर्यातकर्ता र कम्पनीको नाम ठेगाना र एक्जिट कोड आदि लेखिएको स्टिकर हुनुपर्ने सर्त राखेको छ ।यस अघि बंगलादेशमा अम्लिसोको कुचो भारतबाट गइरहेको थियो । तर भारत – बङ्गलादेश सम्बन्ध बिग्रिएपछि कुचो निर्यात ठप्प छ ।
भारतले स्थल मार्गको भन्सारबाट बंगलादेशसंगको आयात निर्यातलाई नियन्त्रण गरेपछि कुचो निर्यात बन्द भएको थियो ।
बर्माबाट बंगलादेशमा अम्लिसोको कुचो अनधिकृत रूपमा जाने गथ्र्यो। तर बंगलादेश सरकारले कुचोको महसुल महंगो दरको ५८ प्रतिशत भएकाले राजस्व गुम्ने भन्दै बर्मासित हुने यसको ग्रे मार्केटलाई पनि नियन्त्रणमा लिएको छ ।
भारत र बर्माबाट बंगलादेशमा कुचो जान बन्द भएपछि नेपालका व्यवसायीले गत आर्थिक वर्षदेखि बंगलादेशमा निर्यातलाई आक्रामक बनाएका हुन् ।
जसकारण भारतमा भन्दा बंगलादेशमा बढी निर्यात हुन थालेको थियो। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्र बंगलादेशमा २०४ टन कुचो निर्यात हुँदा भारतमा साढे ३ टन मात्र गएको छ। गत आर्थिक वर्षमा पनि भारतमा भन्दा बंगलादेशमा गरिएको निर्यात नै बढी छ ।
उक्त आवमा बंगलादेशमा ५४६ टन निर्यात हुँदा भारतमा १३६ टन पठाइएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा भने नेपालबाट सोझैं बंगलादेशतर्फ कुचो निर्यात भएको छैन । तर, नेपाली कुचो भारतबाट बंगलादेश निर्यात हुँदै आएको थियो । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा एक अर्ब ३२ करोड ५२ लाख ५४ हजारको अम्लिसोको कुचो निर्यात भएको छ।
भारतमा २०४ टन निर्यात भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले पूर्वी नेपालका किसानको मुख्य आयस्रोतका रूपमा रहेको अम्लिसोको कुचोको निर्यात खुलाउन नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने बताए।
अध्यक्ष राउतले नेपालबाट निर्यात हुने यस्तो कुचो अग्र्यानिक भएको र पर्यावरणमा कुनै असर नपार्ने जिकिर गर्दै सरकारले बंगलादेशको सरकारलाई सत्यतथ्य अवगत गराउनु पर्ने उल्लेख गरे। राउतले भने, ’बंगलादेशसित हाम्रो व्यापार परिवत्र्य विदेशी विनिमयमा हुन्छ। त्यसैले सरकारले डलरमा हुने व्यापारलाई खुम्चन दिनु हुँदैन ।’
भारतले बंगलाबन्ध नाकासम्म पुग्न नेपाललाई काँकडभिट्टा–फूलबारीको मार्ग सन् १९९७ को सेप्टेम्बरदेखि उपलब्ध गराएको थियो । लादेशको क्वारेन्टाइनले नेपालबाट गएको कुचोमा कुन केमिकल प्रयोग गरिरहेको छ र यसबाट धुलो झर्छ कि झर्दैन गर्न रोकेको जैनको भनाइ छ। कार्यालयले प्रत्येक कुचोमा निर्यातकर्ता र कम्पनीको नाम ठेगाना र एक्जिट कोड आदि लेखिएको स्टिकर हुनुपर्ने सर्त राखेको छ यस अघि बंगलादेशमा अम्लिशोको कुचो भारतबाट गइरहेको थियो। तर भारत बङ्गलादेश सम्बन्ध बिग्रिएपछि कुचो निर्यात ठप्प छ।




























