अब बिर्तामोडबाटै दक्षिण कोरिया पढ्न जाने विद्यार्थीले परामर्श पाउने

0
94

बिर्तामोड ।

दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई झापाको बिर्तामोडमा परामर्श दिइने भएको छ ।

पूर्वमै पहिलो पटक बिर्तामोडबाटै दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिन लागिएको हो । पछिल्लो समय दक्षिण कोरियामा पनि उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको आकर्षण बढेको छ । दक्षिण कोरियामा गुणस्तरीय शिक्षा सस्तोमा पढ्न पाइने भएकाले नेपाली विद्यार्थीको आकर्षण बढेको हो । दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययनका लागि जाने बिद्यार्थी र अभिभावकलाई जानकारी दिने उदेश्यले आगामी भदौं २४ गते बिर्तामोडमा सेमिनार आयोजना गरिएको छ ।

सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेशनअल सर्विसेज प्रालिको संयुक्त आयोजनामा भदौं २४ गते सेमिनार आयोजना गरिएको आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सेमिनारमा दक्षिण कोरियाका दुई वटा युनिर्भसिटीका प्रतिनिधिहरुले ती बिद्यालयका बिषयमा बिद्यार्थी र अभिभावकलाई त्यहाँको रहनसहन, वातावरण अवस्था र नियमकानुनका बिषयमा परामर्श दिने सुवेदी एण्ड एसोसिएट बिर्तामोडका प्रवन्ध निर्देशक रोशन सुवेदीले जानकारी दिए ।

विदेश उच्च शिक्षा अध्ययनका लागि जाने बिद्यार्थीका अभिभावहरु भेतारी रहेका र कति पयले आवश्यक जानकारी नपाउँदा अनावश्यक दुःख र झन्झटको सामना गरिरहेकोे बिषयलाई मध्यनजर गर्दै दक्षिण कोरियाका विश्वविद्यालयमा अध्ययनका लागि जान चाहने विद्यार्थीले काठमाडौंसम्म जानुपर्ने बाध्यताको अन्त्य गर्न झापामै परामर्शका लागि सेमिनार गरिएको सुवेदीले बताए ।

दक्षिण कोरियाको ह्युपसुङ्ग युनिर्भसिटी र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटीका प्रतिनिधिहरुले सेमिनारमा परामर्श दिने राइट एजुकेशनअल सर्विसेज प्रालिका प्रवन्ध निर्देशक नबिन बोहोराले जानकारी दिए । बोहोराका अनुसार सेमिनारमा ह्युपसुङ्ग युनिर्भसिटीका एडमिशन मेनेजर लि थोङ्ग हुन र इन्टरनेशनल एडमिशन अफिसर चुङ्ग मियोन र चुङ्गबुक हेल्थ एण्ड साइन्स युनिर्भसिटीका प्रोफेसर लि मियेले परामर्श दिनेछन् ।

दक्षिण कोरियामा गुणस्तरीय शिक्षाका लागि जान चाहने बिद्यार्थी र अभिभावकहरुले भदौं २४ गते बिर्तामोडस्थित सिदार्थ होटल ग्राण्डमा एक दिने शैक्षिक अवलोकन कार्यक्रममा सहभागीताका लागि आयोजक संस्थाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here