युवटुव ‘४० को म २० की उ’ भदौं २० गते सार्वजनिक हुने

0
50

बिर्तामोड ।

‘४० को म २० की उ’ बोलको म्युजिक भिडियो प्रदर्शनको अन्तिम तयारीमा रहेको छ । गिरी ग्राण्ड फिल्मसको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियो भदौं २० गते रिलिज हुने निर्माता युवराज गिरीले जानकारी दिए ।

निर्माता गिरीका अनुसार गिरी ग्राण्ड फिल्मसको युट्व च्यानलबाट भदौं २० गते ‘४० को म २० की उ’ म्युजिक भिडियो रिलिज हुनेछ ।

म्युजिक भिडियोमा कलाकार दीपाश्री निरौला, युवराज गिरी, पवन गिरी, रचना न्यौपानेलगायतको अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जा, क्यामेरामेन रितेश गिरी, भिडियो सम्पादन पदम सुवेदी, प्रोडक्शन मेनेजर मेघराज धिताल, मेकअफ सम्झना सिन्चुरी, क्यामेरा असिस्टेण्ट चिरञ्जिवी उप्रेतीको रहेको निर्माता गिरीले जानकारी दिए ।

म्युजिक भिडियो रिलिजपछि बडादशैंको अवसर पारेर एकसयवढी एपिसोट ‘४० को म २० की उ’ वेव सिरिज सिरियल शुरु गरिने निर्माता गिरीले जानकारी दिए । सिरियलमा अन्य पनि धेरै कलाकारहरुको अभिनय रहने निर्माता गिरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here