संखुवासभा ।

संखुवासभाको पाँचखपन नगरपालिका–४ का ४३ बर्षीय राम बहादुर श्रेष्ठलाई लोड गरेको एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर कोठा खानतलासी गर्दा ओछ्यानमुनी लुकाई छिपाई राखेको अवस्थामा लोड भएको एक थान भरुवा बन्दुक फेला पारेको हो ।
अवैध भरुवा बन्दुक सहित पक्राउ परेका उनको थप अनुन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।





























