बिर्तामोड, प्रेम र रोमान्समा आधारित म्युजिक भिडियो ‘४० को म २० की ऊ’ शुक्रवारदेखि प्रर्दशनमा आउने भएको छ ।
झापाको बिर्तामोडस्थित गिरी ग्राण्ड फिल्मसको ब्यानरमा निर्माण भएको म्युजिक भिडियो भदौं २० गते शुक्रवार रिलिज हुने निर्माता युवराज गिरीले जानकारी दिएका छन् ।
चलचित्र वानर सेनाका निर्माता समेत रहेक ागिरीले गिरी ग्राण्ड फिल्मसको युट्व च्यानलबाट भदौं २० गते ‘४० को म २० की उ’ म्युजिक भिडियो रिलिज जनाकारी दिए ।
नेपालका चर्चित कलाकारहरुले अभिनय गरेको म्युजिक भिडियोमा दीपाश्री निरौला, युवराज गिरी, पवन गिरी, रचना न्यौपानेलगायतलाई देख्न सकिने छ ।
म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जा, छायङ्कन रितेश गिरी, भिडियो सम्पादन पदम सुवेदी, प्रोडक्शन मेनेजर मेघराज धिमाल, मेकअफ सम्झना सिन्चुरी, क्यामेरा असिस्टेण्ट चिरञ्जिवी उप्रेती रहेका छन् ।
म्युजिक भिडियो रिलिजपछि बडादशैंको अवसर पारेर एकसयवढी एपिसोट ‘४० को म २० की उ’ वेव सिरिज सिरियल शुरु गरिने निर्माता गिरीले जानकारी दिए । सिरियलमा अन्य पनि धेरै कलाकारहरुको अभिनय रहने निर्माता गिरीले बताएका छन् ।
दिपाश्री निरौला,सिम्रन परियार,कर्ण परियार, ववुल गिरीको आवाजमा सजिएको यो गीतमा संगीत ववुल गिरीले भनेका छन् । भने लिरिक्स युवराज गिरीको रहेको छ ।































