नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा पत्रकारसहित कर्मचारी सम्मानित

0
75

भद्रपुर, नेपाल निजामति कर्मचारी युनियनले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार इश्वर अधिकारी लगायत उत्कृष्ट कर्मचारीसमाजसेवी तथा सेवा निवृत कर्मचारीहरुलाइ सम्मान गरेको छ ।संचारक्षेत्रमा गरेको योगदानको मूल्याड्कन गर्दै अधिकारीलाइ सम्मान गरीएको हो ।  भद्रपुर १० निवासी अधिकारी नागरीक एफ एमका कार्यक्रम निर्देशक तथा आँखा डटकम अनलाइनका सम्पादक हुनुहुन्छ भने विगत दुइ दशक भन्दा वढी समयदेखि संचारक्षेत्रमा सक्रिय हुनुहुन्छ ।

अन्य सम्मानितहुनेहरुमा समाजसेवी तर्फ विर्तामोड निवासी जल कुमार गुरुङ्ग,उत्कृष्ट कर्मचारी तर्फ कमल गाउँपालिकाका कृषि अधिकृत महेन्द्र वोहोरा र प्रादेशिक अस्पताल भद्रपुरका एक्सरे शाखाका कर्मचारी लिला भट्टराइ रहनुभएको छ ।

सम्मानीत हुनुहुने सेवा निवृत कर्मचारीहरुमा  शिक्षा विकास तथा समन्वय इकाइ झापाका उपसचिव भोलानाथ दाहालमदनभण्डारी राजमार्ग योजना कार्यालयका लेखा अधिकृत नारायण प्रसाद दुलालजिल्ला प्रशासन कार्यालय झापाका का।स। भिम वहादुर चेम्जोड्ग,भद्रपुुर नगरपालिकाका बरिष्ठ जनस्वाथ्य अधिकृत शान्तिराम भट्टराइडिभिजन वनकार्यालयका सुवेदारद्धय झरेन्द्र कुमार कटुवाल र पर्त वहादुर तामाङ्ग,कचनकवल गाँउपालिकाका पशु विकास अधिकृत मशीन्द्र यादवअर्जुनधारा नगरपालिकाका ना.सु. अर्जुन आचार्यजिल्ला हुलाक कार्यालयका कर्मचारी हिरा वहादुर कार्की  र कोहवरा स्वास्थ्य चौकीका ग्रा.स्वा.का. राज कुमार कार्की रहनु्भएको छ । 

निजामती कर्मचारी युनियनका अध्यक्ष लक्ष्मीप्रसाद दाहालको अध्यक्षतानेपाली काग्रेस जिल्ला सभापती देउकुमार थेवेको प्रमुख आतिथ्यभद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाइको विशिष्ट आतिथ्यमा सदरमुकाम भद्रपुर १० को वडाकार्यालय चन्द्रगढीको सभाहलमा विहिवार आयोजित कार्यक्रममा उनिहरुलाइ सम्मानित गरीएको हो ।

स्वागत मन्तव्य पूर्व अध्यक्ष कविन्द्र विक्रम नेम्बाड्गले राख्नुभएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हिरण्य न्यौपानेट्रेड युनियन झापाका सभापती यज्ञ प्रताप अधिकारी,प्रमुख अतिथी थेवेविशिष्ठ अतिथीहरु पोखरेल र प्रसाइ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने संचालन सचिव चन्द्रप्रसाद पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here