एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना

0
54

कमल ।

निर्माणाधीन पूर्वपश्चिम लोकमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजना संग सिमा जोडिएका पालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना मुलक कार्यक्रम धमाधम सञ्चालन भैरहेका छन् ।

यसै क्रममा शुक्रबार कमल ५ पडाजुंगी स्थित एक पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजना अन्तरगत कमल गाउँपालिकामा एचआईभी÷एड्स, यौन रोग तथा मानव बेचबिखन सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

आयोजित कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ब्म्द्य) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत कार्यक्रम सन्चालन गरिएको हो ।

कार्यक्रममा कमल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी र अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी÷एड्स, यौन रोग र मानव बेचबिखनका जोखिमबारे जानकारी गरार्यएको थियो ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको उपस्थितिले महिलाहरू, बालबालिका र स्थानीयमा यौनजन्य हिंसा, दुव्र्यवहार र मानव बेचबिखनको जोखिम बढ्ने सम्भावना औँल्याउँदै समयमै परीक्षण, उपचार र सतर्कता आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी÷एड्स र यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गर्नु भएको थियो भने दमक इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरिक्षक कुमार खतिवडाले मानव बेचबिखन र लागु औषध सम्बन्धी जोखिम र सुरक्षाका उपायबारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीय गरी ५० भन्दा बढीको सहभागिता रहेको थियो थियो। विज्ञ सिंहका अनुसार राजमार्ग संग सिमा जोडिएका झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् भने सडक छेउका विभिन्न स्थानहरूमा चेतनामूलक साइनबोर्डहरू पनि राखिने सिंहले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here