टिपरले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु

0
79

सुनसरी ।

सुनसरीको धरानमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

धरान उप–महानगरपालिका ६ चौकीडाँडामा धरानबाट केराबारीतर्फ जाँदै गरेको प्र।१–०२–००१ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेको को ३९ प २७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरमा सवार धरान ६ चौकीडाँडा बस्ने सुजन बुढाथोकीकी छोरी ११ वर्षीया सुवास्ना बुढाथोकीको मृत्यु भएको छ ।

त्यस्तै स्कुटर चालक सुवास्नाकी आमा ३३ वर्षीया बिना बुढाथोकी , सुवास्नाकी बहिनी ६ वर्षीया लुना बुढाथोकी र सोही ठाउँ बस्ने सुरेश श्रेष्ठकी छोरी ६ वर्षीया सुस्मिता श्रेष्ठ घाइते भएका छन् । घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

टिपर चालक धरान –६ पानबारी बस्ने ४५ वर्षीय भक्तबहादुर मगरलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here