इस्ट सुपर स्टार सिजन–१ को दोस्रो चरण शुरु

0
241
अर्जुनधारा । 
प्रदेशको सान, को बन्छ नम्बर वान ? भन्ने मुख्य नारासहित सारेगम कला केन्द्रको आयोजनामा आयोजित सिङ्गिङ एण्ड डान्सिङ इस्ट सुपर स्टार सिजन–१को दोस्रो चरण(मेगा राउण्ड) शनिबारदेखि शुरु भएको छ ।
प्रदेशस्तरिय उक्त प्रतियोगिताको पहिलो चरणमा झापासहित इलामका विभिन्न स्थानमा भएको भौतिकसँगै डिजिटल अडिसनबाट सहभागी भएका अन्य जिल्लाका प्रतियोगीहरुमध्ये  छनौट भएको १४६ जनाले मेगा राउण्डमा प्रतिस्पर्धा गर्ने आयोजक केन्द्रका सञ्चालक एवम् प्रतियोगिताका संयोजक सन्तोष आलेले जानकारी दिए ।
अर्जुनधारा नगरपालिका–९स्थित प्रगति अङग्रेजी अवासिय विद्यालयको सभाहलमा सञ्चालन हुने मेगा राउण्डमा गायनतर्फ उत्तमजंग लिम्बू र हस्त परियार तथा नृत्यतर्फ राज सुब्बा लावती र ज्ञानु सुब्बा निर्णायक रहेका छन् ।
दोस्रो चरणबाट दुवै विधामा २५–२५ जना प्रतियोगी छनौट हुने बताइएको छ । त्यसपछि तेस्रो चरणबाट १५–१५ जना, चौथो चरणबाट १२–१२ जना, पाँचौं चरणबाट ९–९ जना, छैंटो चरणबाट ग्रान्ड फिनालेका लागि ६–६ जना प्रतियोगी छनौट हुने बताइएको छ ।
प्रतियोगिताअन्र्तगा दुवै विधाका उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले जनही नगद पुरस्कार क्रमश तीन लाख, एक लाख ५० हजार र एक लाखसहित ट्रफी प्राप्त गर्ने छन् । त्यसैगरी गायन विधाका टप थ्रीले गायनमा र नृत्य विधाका टप थ्रीले म्यूजिक भिडियोमा अवसर पाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here