झापा, बाह्रदशी गाउँपालिका – २ मा रहेको शिद्धिविनायक गणेश मन्दिरको अध्यक्षमा खड्गबहादुर कार्की चयन भएका छन् ।
समितिको उपाध्यक्षमा रीता थापा बुढाथोकी, सचिवमा प्रेम बिष्ट र कोषाध्याक्षमा नवीन अधिकारी चयन भएका हुन् । समितिको सदस्यहरुमा अग्नि बिष्ट, देवकला बुढाथोकी कार्की, गोबिन्द बानिया र भीमबहादुर घिमिरे रहेका छन् ।
लेखा समिति संयोजकमा भने कष्ण घिमिरे र सदस्यहरुमा पुष्पा तिलिङ तथा डेविट चौहान रहेका छन् ।
गणेश मन्दिरको प्राङगणमा भएको साधारणले नेतृत्व चयन गरेको थियो । बाह्रदशी गाउँपालिका भीमवहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच मन्दिरको नयाँ नेतृत्व भयन भएको हो ।
कार्यक्रममा मन्दिरका सल्लाहकार समिति सदस्य प्रेमवहादुर घिमिरे, लिटल स्टार इङ्लिस इस्कूलकी संस्थापक माया राजबंशी, लिटलस्टार इङ्लिस स्कूलका प्रधानाध्यापक हरबाहादुर राजबंशी , स्थानीय प्रबिन राजबंशी , नरेन्द्र अधिकारी सहितले नव गठिच समितिलाई बधाई ज्ञापन गर्दै मन्दिरलाई व्यवस्थित बनाउन सुझाव दिएका थिए ।
यसैबीच मन्दिरका विशिष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । मन्दिरका संस्थापक कोषाध्यक्ष अमृत वहादुर वुढाथोकीले स्वागत गरेको कार्यक्रमको संचालन लेखा समिति संयोजक प्रेम बिष्टले गरेका थिए ।































