सुन्दरपुरलाई सुन्दर पार्ने जिम्वेवारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनलाई

0
67

झापा,  समुदायस्तरमा शिक्षा, स्वास्थ्य लगायतका सामाजिक काममा अग्रसर रहेको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले बाह्रदशी गाउँपालिका ३ मा रहेको एक विद्यालयकलाई नमूना विद्यालय बनाउने योजना अघि सारेको छ ।


विद्यालयको शैक्षिक, भौतिक, पर्यावरणीय स्वच्छतासहित नमूना विद्यालयका लागि आवश्यक पर्ने सबै मापदण्ड पूरा गर्ने गरी सुन्दरपुर आधारभूत विद्यालयलाई रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले ‘एडब्ट’ गरेको हो । वहुवर्षीय योजनाका साथ सो विद्यालयमा शैक्षिक र भौतिक सुधारका लागि काम अघि बढाइएको रोटरी क्लव अफ बिर्तामोड मिडटाउन की अध्यक्ष पुष्पाञ्जलि ठकुरी सिन्हाले बताइन् ।
गुणस्तरीय शिक्षाका लागि क्लवले पहिलो चरणमा शिक्षकलाई तालिम प्रदान गरेको छ । विद्यालयमा कार्यरत शिक्षकलाई आधुनिक शिक्षा र वालवालिकालाई प्रदान गरिने व्यवहारिक शिक्षाका विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।
इनसाइटफुल पाथवेजका प्रशिक्षकद्वय फडिन्द्र प्रसाद दाहाल र कमला भट्टराईले सहजीकरण गर्दै कक्षा व्यवस्थापनका विविध पक्षहरूमा जानकारी दिँदै, व्यवहारिक अभ्यास र समसामयिक शिक्षण रणनीतिका विषयमा जानकारी गराएका थिए ।
तालिमको सहजीकरण गर्दै शिक्षकहरूलाई कक्षा सञ्चालनमा सहजीकरण गर्ने उपायहरू, विद्यार्थीको ध्यान केन्द्रित गराउने तरिका, र शैक्षिक वातावरण सुधार गर्ने विषयमा नयाँ ज्ञान र सीप प्रदान गरिएको थियो ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी रत्न वुढाथोकीको संयोजनमा भएको कार्यक्रममा रोटट्र¥याक क्लव अफ बिर्तामोड मिडटाउनले समेत सहयोग पु¥याएको थियो ।
सो कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका पूर्व अध्यक्ष सुमन शर्मा जमरकट्टेल, नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा क्लवका सदस्य  अनिल सापकोटा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका प्रथम उपाध्यक्ष ,प्रेसिडेन्ट नोमिनी तुलसी मिश्र, कार्यसमिति सदस्य अपर्णा शर्मा लगायत सहभागी रहेको रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका सचिव रोशन बुढाथोकीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम प्रसाद चापागाईले विद्यालयको वस्तुस्थितिका विषयमा जानकारी गराएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुण्यप्रसाद पौडेलले शैक्षिक अवस्थाका विषयमा जानकारी गारएका थिए । उनले विद्यालयमा अध्यननरत विद्यार्थी विपन्न समुदायक धेरै भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदानग गर्न रोटरी क्वले देखाएको अग्रसरता प्रशंसा योग्य भएको बताए ।
कार्यक्रममा रोट ट्र¥याक क्लव अफ बिर्तामोड मिडटाउनका उपाध्यक्ष भिष्म घिमिरे, सचिव सौम्य शर्मा लगायत समेत सहभागी थिए ।
क्लवको कार्यक्रम आगामी सेप्टेम्वर ९ मा अभिभावक सचेतना तथा तालिम र सेप्टेम्वर १२ मा विद्यार्थीको आँखा जाँच, दात परीक्षण र ब्लड ग्रुप छुट्याउने रहेको बताइएको छ । जसका लागि बिर्तामोड आँखा अस्पतालको र लाइफ क्वेष्ट केमिकल ल्यावसंग सहकार्य गरिने रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष सिन्हाले जानकारी दिइन् ।
सो अवसरमा क्लवको अग्रसरतामा विद्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा समेत रोपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here