माइकी छोरी सुष्माको क्यानाडाबाट रेडक्रसलाई सहयोग

0
158

विमल दहाल, माई ।

माई नगरपालिका वडा नम्बर- ४ धरमपुर घर भई हाल क्यानडाको सरकारी सेवामा रहनुभएकी सुष्मा आचार्यले नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखालाई कम्युटर लगायतका सामाग्री सहयोग गर्नु भएको छ।

वुवा शिव आचार्य र आमा हेमकला आचार्यको कान्छी छोरी सुष्मा आचार्य हाल क्यानडाको टोरन्टोमा बस्दै आउनुभएको साथै भर्खरै क्यानाडाको सरकारी सेवा सिटी अपरोगेन्टोमा सोसियल सर्भिसमा पोस्टिङ हुनुभएको अवसरमा आफ्नो देश र गाउँघरको सामाजिक क्षेत्रमा थप प्रगति र उन्नतिको चाहना सहित ६३ औ रेडक्रस दिवशको अवसरमा सुष्माले सहयोग गर्नु भएको हो । सामाग्री सहयोगी मनकी धनि सुष्माका दाजु युवा समाजसेवी सुमन आचार्यले शनिवार प्रदान गर्नु भएको हो।

माईकै कन्काई माध्यमिक विद्यालयवाट एसईई पास गरेको वताउनुहुदै मलाई पढाउने गुरु रेडक्रस सभापति रहनु भएको र वुवा शिव प्रसाद आचार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा दानाबारीको पूर्व कोषाध्यक्ष तथा आजीवन सदस्य रहनु भएकोले वुबाको इच्छा चाहना तथा दानाबारी रेडक्रस सोसाइटीकाआवश्यकताका आधारमा १ लाख १९ हजार १ सय ४८ रुपैयाँ बराबरको कम्प्युटर सामग्री प्रदान गर्नुभएको वताउनु भयो।

प्रदान गरिएको सामग्रीहरूमा डेस्कटप,सिपियु, प्रिन्टर, फोटोकपी मेसिन, २ थान सिसि क्यामेरा रहेका छन् । रेडक्रसको आबश्यकतालाई महशुस गरि सहयोग गर्नु भएकोमा कार्यक्रमका प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु र रेडक्रस दानाबारी सभापति मित्र प्रसाद गौतमले माईकी छोरी सुष्मा र सामाजिक व्याक्तित्व वुवा शिव आचार्य सहित आचार्य परिवारलाई धन्यवाद दिनु भएको छ।

यता ‘मानवताको पक्षमा भन्ने’ नाराका साथ ६३औ रेडक्रस दिवसका अवसरमा अन्तर माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “रगत दिएर मरिन्न, रगत नपाएर मरिन्छ” विषयक वक्तृत्वकला प्रतियोगितामा विरेन्द्र मावि माई-७ की मिसाङ लावती प्रथम, नेपाल एकेडेमी माई-४ की इसा पौडेल द्वितीय, स्वर्णिम मोडेल एकेडेमी माई-४ का जेम्स दहाल तृतिय र सरस्वती मावि माई-३ की रुजा राई सान्त्वना भएका थिए। नगर भित्रका ८ माविका विद्यार्थी सहभागी रहेको कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, रेडक्रस जिल्ला सदस्य उर्वशी पराजुली गौतम, पुर्व सभापति कृष्ण खाकी, सहयोगी दाताको तर्फवाट सुमन आचार्य, पत्रकार बुद्दराज योङ्हाङ लिम्बु लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान तथा सहभागिता रहेको थियो।

रेडक्रस दानाबारी सभापति मित्र प्रसाद गौतमको अध्यक्षता र सचिव हरि प्रसाद गुरागाईंको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here