झापा । झापाको बिर्तामोडपछि दमकमा पनि निषेधाज्ञा जारी भएको छ । आज राति १० बजे रातिदेखि भोलि बिहान ५ बजेसम्मका लागि दमकमा निषेधाज्ञा जारी भएके हो ।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पूर्वमा रतुवा खोला, पश्चिममा डिपो रोड,उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा पूर्व पश्चिम राजमार्गबाट तीन किलो मिटर दक्षिणसम्म निशेषाज्ञा जारी गरिएको जानकारी दिए ।
जेनजी पुस्ताले आन्दोलन चर्कापछि दमकमा पनि निषेधाषा जारी भएको हो ।
यस अघि बिर्तामोडमा पनि किफ्यू जारी भएको थियो ।





























